फागुन–८, सुर्खेत
कर्णालीमा प्रदेशस्तरीय मदनभण्डारी फाउण्डेशन गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखका अध्यक्ष एवं दैलेख क्षेत्र नं. १ का सांसद रविन्द्रराज शर्मा फाउण्डेशनको कर्णाली प्रदेश अध्यक्षमा चुनिएका छन् । उनिसँगै २९ सदस्यीय प्रदेशस्तरीय फाउण्डेशन गठन गरिएको छ । समितिको सचिवमा सुर्खेतका नेकपा नेता कूलमणि देवकोटा चयन भएका छन् । समितिको सदस्यमा नन्दसिंह बुढा, मिना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्दपुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुलबुढा, दलफडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङ लामा, तेजबहादुर चन्द मेनका पछाई लगायतका नेताहरु रहेका छन् । मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान, विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उद्देश्यले प्रदेशमा पहिलो पटक समिति गठन गरिएको जनाइएको छ । फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरुले बिहीबार सपथसमेत लिएका छन् । नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद लक्ष्मी पोखरेलले एक कार्यक्रमका बीच सपथ गराएका थिए । सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै पोखरेलले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्गदर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि बढाउनु पर्ने बताए । फाउण्डेशनको पहिलो बैठकले सचिव कूलमणि देवकोटालाई कार्यालय सञ्चालनको जिम्मेवारी दिइएको छ भने फाउण्डेशनको समन्वय र विस्तारको लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मीना रखाल, कालीकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दलफडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुममा ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ ।









