हत्या कसुरमा २० वर्ष कैद फैसला


फागुन २३, दैलेख
श्रीमतीको हत्या कसुरमा जिल्ला अदालत दैलेखले श्रीमानलाई २० वर्ष कैद र एक लाख रुपियाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको छ । २३ वर्षिया रत्ना रावतको हत्या गरेको कसुरमा सुर्खेतको लेकबेसी नगरपालिका वडा नं. ८ साटाखानीका ३० वर्षिय नवलसिंह बिरकट्टालाई जिल्ला न्यायधिस दण्डपाणि लामिछानेको एकल इजलासले उक्त फैसला सुनाएको हो । चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ पिङडाँडामा रहेको माईतीघर आएको बेला २०७६ जेठ ९ गते गोठाला गएको मौका पारी नगरपालिकाको वडा नम्बर १ काफलगैरामा नवलसिंहले रत्नाको हत्या गरेको प्रहरी अनुसन्धान र घटना प्रकृतिले पुष्टि गरेको अदालतको फैसलामा उल्लेख छ । चार वर्ष अघि माईती गाउँ चामुण्डाका स्थानीय युवासँग बिवाह गरि भारतको गढवाल पुग्नुभएकी रत्नालाई संगै काम गर्ने नवलसिंहले त्यहाँबाट भगाएर सिमला पु¥याए र गएको जेठको पहिलो हप्ता मात्र सुर्खेतको साटाखानी पु¥याएको थिए । घटनाको दोस्रो दिन नवलसिंहले रत्नाको शव काफलगैरामा भेटिएको भनि रुपैडिया पुगेर टेलिफोन खवर छोडेको

आधारमा खोजी गर्दा माईतीले
शव फेला पारेका थिए ।
पीडीत पक्षले गएको जेठ ११ मा कर्तब्य ज्यान अर्थात हत्या आरोपमा उजुरी दिएपछि आरोपीतलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा गएको असार ३ गते मिला बाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार