कोरोना सन्त्रास, सचेतना जरुरी

कोरोना भाईरसले बिश्वभर समस्या उत्पन्न गरिरहेको छ । चीनबाट फैलिएको महामारी अहिले अन्य बिभिन्न देशहरुमा पनि डरलाग्दो तरिकाले फैलिएको छ । सयौं मानिसहरुको मृत्यु भैसकेको छ भने हजारौं मानिसहरु संक्रमणमा छन् ।
बिश्वका धेरै देशहरुले नोवेल कारोना संक्रमणबाट बच्नका लागि बिभिन्न उपायहरु अपनाउन आफ्नो देशमा सचेतना अभियानहरु थालिएको छ । नेपालका दुई ठूला छिमेकी देश मध्ये चीनमा अहिले कोरोना संक्रमण नियन्त्रणमा आएको देखिएको छ भने भारतका कतिपय स्थानहरुमा संक्रमित बिरामीहरु देखिन थालेका छन् ।
नेपालमा पनि सहजै संक्रमण फैलिन सक्ने भन्दै सरकारले बिभिन्न सचेतनाका कामहरु सुरु गरिसकेको छ । नेपालले सुरु गरेको भ्रमण बर्ष २०२० समेत स्थगित गरिसकेको छ । भीडभाँड हुने स्थानहरुमा नजान, सावुन पानिले हात धुन, सफा र सुरक्षित हुन, मास्क प्रयोग गर्न, झोल पदार्थ सेवन गर्न लगायतका बिभिन्न सुरक्षित हुने उपायहरुको बारेमा अहिले स्थानीय, प्रदेश र केन्द्र सरकार लागि परेका छन् ।
प्रधानमन्त्री के.पि. शर्मा ओलीले अस्पतालबाट फर्के लगत्तै छुट्टै अस्पताल निर्माणका तयारी थाल्नुपर्ने निर्देशन समेत दिएका छन् ।
कारोना बारे बिभिन्न खाले सूचनाहरु बाहिर आएको भएपनि लगातार ज्वरो आएमा, रुघाखोकी लागेमा, घाँटी दुखेमा तत्काल स्वास्थ्य संस्थामा गएर स्वास्थ्य उपचार गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा अहिलेसम्म कुनै पनि व्यक्तिलाई संक्रमण नदेखिएकोले समस्या धेरै नभएपनि सर्तकता उच्च पार्नुपर्ने सवै आम नागरिकहरुको दायित्व हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार