
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नेपालमा संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले यही चैत्र ११ गतेदेखि लगडाउन गरेको बिषयलाई मध्यनजर गर्दै दैनिक ज्यालादारी गरी पेटपाली बाँची रहेका मजदुरहलाई हुने असहज परिस्थितीलाई कर्णाली प्रदेश र स्थानीय सरकारहरुले समाधानको बाटो खोज्नुपर्ने माग गरिएको छ ।
नेपाल ट्रेड यूनियन महासंघ कर्णाली प्रदेशका अध्यक्ष तेज प्रकाश जि.सी.द्धारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ । रोजगारीमा रहेका सबै मजदुरहरुका विदाको पारश्रमिक व्यवस्थापन, दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरबार विहिन अतिविपन्न श्रीमजीवी वर्गलाई लक्षित गरी तत्काल आवश्यक राहत सहयोग उपलब्ध गराउन जिम्मेवार निकायहरुले बेलैमा सोच गर्नुपर्दछ ।
भारत लगायत तेस्रो मुलकुबाट आएका कामदारहरुको अभिलेख राखी अनिवार्य रुपमा क्वारेन्टाइन राख्न, लकडाउनको अवसरपारी श्रमिकहरुलाई कामबाट हटाउने, परियोजना क्षेत्रमा रहेको श्रमिकहरुको वासस्थान बन्द गर्ने, श्रमिकलाई विचल्लीमा पार्ने काम रोकी श्रमिकहरुलाई बेसाहारा गराउन खोज्ने जो कोहीलाई कारवाही गरी श्रमिकको उचित व्यवस्थापन गर्न प्रदेश सरकार, लगायत स्थानीय सरकारसँग माग गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।









