क्वारेन्टाइनमा बसेका २ सय ६२ घर फर्के


बिश्वभर कोरोनाको संक्रमण बढ्दै गएपछि बिदेशबाट घर फर्कनेहरुको क्रम बढेको छ । यो क्रम दैलेखमा धेरै छ । दैलेखमा भारत र अन्य मुलुकबाट आउनेहरुको संख्या १५ सय बढी पुगिसकेको अवस्थालाई मध्यनजर गर्दै बनेका क्वारेन्टाइनहरु मध्ये धेरै जसो अहिलेपनि रित्तै छन् ।
दैलेख सदरमुकामको नारायण क्याम्पसमा बनेको क्वारेन्टाइन उद्घाटन हुन सकेको छैन् ।
शरस्वती मावि तर्ताङ्गमा निर्माण गरिएको आइसोलेसन कक्ष तयारी हालतमा छ । कुनै पनि बिरामीहरुमा संक्रमण नदेखिनु दैलेखको लागि भाग्यको कुरा भएको बिश्लेषण गरिएको भएपनि भारतबाट दैलेख आएका व्यक्तिहरुमा २० देखि २५ दिनभित्र कहि कतै संक्रमण देखिने हो कि भनेर उच्च सर्तकता दैलेखमा तीब्र पारिएको छ ।
भारतबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम भने ज्यादै न्यून मात्रामा छ ।
भारतबाट आएका १५ सय मध्ये अहिलेसम्म २ सय ८४ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । त्यसमध्ये २ सय ६२ जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्केका छन् । दैलेखका बिभिन्न ३७ स्थानमा ९ सय ५० वेड क्वारेन्टाइन निर्माण गरिएको छ ।
६ सय १४ थान पिपिइ सेट जिल्लामा आएको र काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिएका छन् ।
गाउँमै बसेका अन्य व्यक्तिहरुको पहिचान पालिका स्तरमा राखिएको छ । अहिले पालिकाको तत्थ्याँकमा आधारमा सरकारले थालेको ¥यापिट टेस्ट अभियानमा संकास्पद व्यक्तिहरुलाई चेकजाँच तीब्र पारिएको छ ।
दैलेखको निकै दुर्गम मानिएको आठबिस नगरपालिकाको क्वारेन्टाइनमा बसेका ४ जनाको ¥यापिट टेस्ट रिपोट नगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेख र बिभिन्न पालिकाहरुमा १ सय १३ जनामा टेस्ट गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थय कार्यालय दैलेखका खोप प्रमुख थीर प्रसाद रेग्मीले जानकारी दिएका छन् । दैलेखका विभिन्न ७ वटा पालिकाहरुबाट ८ वटा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको भएपनि ४६ वटाको रिपोर्ट नेगेटिभ आएको र ५१ जनाको रिपोट आउन बाँकी नै छ ।
लकडाउन उलंघन गरेर सवारी चलाएका बिभिन्न ९ वटा सवारी साधनहरुलाई जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय दैलेखले कारवाही गरेको छ । बिभिन्न ५८ जनालाई सम्झाएर जिल्ला प्रहरीले पठाएको छ ।
लक डाउनका बेलामा समेत दिनहुँ नेपालगन्जदेखि सुर्खेत र सुर्खेतदेखि दैलेख पैदल यात्रा गरेर दैलेखका गाउँहरूमा मानिसहरू भित्रने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले बिभिन्न नाकामै रोकेर सम्वन्धित पालिकाहरुलाई बिवरणको जानकारी गराउँदै क्वारेन्टाइनमा बसाल्न आग्रह गरेको प्रहरी प्रमुख हरीबहादुर ओलीले जानकारी दिएका छन् । प्रहरीले दैलेख जिल्ला भित्रने बिभिन्न नाकाहरुका सुरक्षाकर्मी परिचालन गरी अनुमती विना चलेका सवारी साधनलाई कारवाही प्रक्रिया थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार