
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले नारायण नगरपालिकाको अगुवाईमा पिसिआर मेसिन काठमाडौंबाट हिडेको बताएका छन् । दैलेखका आम नागरिकहरुका लागि पिसिआर जाँच निकै अनिवार्य भएको महसुस भएसँगै प्रतिनिधि सभास सदस्य रबिन्द्रराज शर्मा सहित संघीय सांसद र प्रदेश सांसदहरुले खेलेको महत्वपूर्ण भूमिकाको अगुवाई गर्ने काम नारायण नगरपालिकाले गरेकोले केही साताभित्रै मेसिन जडान भएर जनताको स्वाव संकलन गरेर पिसिआर जाँच हुने खड्काले बताएका छन् ।
संघीय सांसदको पूर्वाधार विकास अन्तर्गतको रकम मध्ये १ करोड बचेको थियो, बचेको रकमलाई रकमान्तर गरिदिन मेरै अगुवाईमा जिल्ला समन्वय समिति, बिपद् व्यवस्थापन समितिसँग समन्वय र बैठक बसेर रकमान्तरको काम सुरु भएसँगै मेसिन खरिद प्रक्रियाको सूचना प्रकाशन नगरपालिकाले गरेको नगरप्रमुख खड्काको भनाई छ ।
धमाका दैनिक सँगको कुराकानीमा बोल्दै नगरप्रमुख खड्काले स्थानीय सरकारले निकै मेहनत गरेर सिमित स्रोत साधानका बाबजुत पनि क्वारेन्टाइन निर्माण र व्यवस्थापनमा जुटेको बताए । भारतबाट आउने दाजुभाई तथा दिदिबहीहरुको चाप एक्कासी बढेपछि नगरपालिकालाई मात्र हैन सबै पालिकाहरुलाई धान्न निकै समस्या भएको हो ।
“हामीले गाली खायौं, धम्कि खायौं,परिवारलाई समेत गालि गरियो, हातपात गर्ने सम्मका कामहरु पनि भए तरपनि हिम्मत नहारेर जनताको सुरक्षामा लागेका छौं खड्काले भने ।”









