कोरोना गाउँ पसिसक्यो अब पिसिआर परीक्षण र सर्तकता जरुरी

 

दैलेखमा एकाएक कोरोना संक्रमणको दर बढ्दै गएको छ । भारतबाट दैलेख आएका दाजुभाईहरु बसेका अस्पतालका रुपमा रहेका विद्यालयहरुमा खाना खुवाउनेहरुमा समेत कोरोना संक्रमण देखिएका कारण कोरोना गाउँ पसिसकेको कुरा स्पष्ट हुन्छ ।
यहाँ कोरोनालाई हेलचक्राई पनि गरियो, हेलचक्राईको भागेदारको प्रदेश सरकार, स्थानीय सरकार, बिपत समिति, स्वास्थ्य संस्थाले पनि जिम्मा लिनुपर्दछ । किनकी छिमेकी मुलुक भारतबाट उद्धारका नाममा कोचाकोच सवारी साधनमा युद्ध जितेझै गरेर आउने हाम्रा दाजुभाईहरुको गैरजिम्मेवारीपन प्रमुख कारण हो । त्यसरी आएका व्यक्तिहरुको सामाजिक दुरी कायम नगर्नु र धमाधम जिल्ला प्रवेश गराउनुमा कर्णाली प्रदेश सरकार र स्थानीय प्रशासनको दोषि देखिन्छ । तेस्रो कुरा आफ्ना पालिकामा कति मानिसहरु बाहिर गएका छन् भनेर खोजी गर्नका लागि लाखौं रकम खर्च गरेर निर्माण गरिएका गाउँ पश्र्चव चित्र निर्माणमा जिम्मेवार नहुने स्थानीय सरकार र कामको जिम्मेवारी लिएका निकायहरुको चरम लापरवाहीले स्थानीय सरकार संचालन भएको तीबर्षसम्म पनि तत्थ्याँक नआउनु, यसको राम्रो रेखदेख स्थानीय सरकारले गर्न नसक्नु यि र यस्तो धरैखाले गैर जिम्मेवारीका कारण कोरोना गाउँ पसिसकेको छ । क्वारेन्टाइनमा बसेकाहरुले राजनीतिक आग्रह पुर्वाग्रह र अन्य कारणले आन्दोलन गर्नु सामाजिक दुरी कायम नगर्नु, दैलेखमा कोरोनामाथि निकै धेरै लापरवाही भएकै छ । सबै निकाय, सवै संस्थाबाट ।
यहाँ धेरै लापरवाही सबै क्षेत्रबाट भएको छ । लकडाउनको घोषणा हुँदा पनि लखर लखर बजारमा हिड्नेदेखि, भेटघाट र सामान बेच्ने सम्मका बिभिन्न कामहरुले दैलेख सदरमुकाममा धेरै व्यक्तिहरु जोखिममा पर्न सक्ने संभावनालाई ख्याल गर्दै अव सबैले आ आफ्नो स्थानबाट सचेतना अभियान थाल्दै । जिल्लामा पिसिआर मेसिन तत्काल संचालन गरेर धमाधम जाँच गर्दै संक्रमितहरुको स्वास्थ्य अवस्थाको आधारमा आइसुलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनलाई प्रभावकारी बनाउँदै लैजानु पर्ने र उच्च सर्तकता सबैक्षेत्रबाट कम्तिमा एक महिना जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार