दैलेख अहिलेपनि रेडजोनबाट हटेको छैन लामो समयदेखि भएको लकडाउनका कारण व्यापार व्यावसाय गरेका उद्योगी व्यापारीहरु समस्यामा परेको भन्दै लगातार जिल्ला प्रशासन कार्यालय र सरकारसँग समन्वय गरिदिन माग गरिरहेका छन् । सवैखाले समस्याको समाधान गर्नका लागि कोरोना दैवीप्रकोप व्यवस्थापन समितिले लकडाउनलाई सामान्य बनाएको छ ।
लक डाउन सामान्य बनाईएको भएपनि पछिल्ला दिनहरुमा देखिएका संक्रमितहरुको दर र कोरोना जितेर घर फर्कनेहरुको दर पनि बढीरहेको छ ।
जिल्लामा पिसिआर मेसिन नहुनु, स्वाब जाँच गर्न २० औं दिन लाग्नु जस्ता समस्याहरुले अधिकाँस कोरोना जितेर घर गएकाहरुलाई समेत पुनः जाँच गरिएको छैन् । यसले पनि समस्या बढ्न सक्ने देखिएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण देखिएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिंङ्ग प्रभावकारी हुन सकेको छैन् । बिगतमा घर गएकाहरु मध्ये क–कसलाई लक्षणहरु देखिएका छन् त्यस्ता व्यक्तिहरुको पनि खोजी गर्नु पहिलो आवश्यकता हो भने । अहिले देखिएका संक्रमितहरुका आफन्तहरु र उनिहरुले भेटेका बिभिन्न स्थानहरुमा तत्काल खोजी गरेर संभावित क्षेत्रहरुलाई सिल गरेर भएपनि कोरोना नियन्त्रणमा सम्वन्धित निकायहरु लाग्नुपर्ने देखिएको छ । त्यसो नगरे समस्या झनै बढ्न सक्ने देखिन्छ ।








