बोनम्यारो समस्याबाट पीडित दैलेखकी शिखा कोइरालालाई शिक्षक संगठन दैलेखको समन्वयमा संगठनमा आवद्ध शिक्षकहरुबाट एकमुष्ट रु ६७ हजार ५ सय रुपैयाँ उपचार लागि सहयोग गरिएको छ । शिक्षक संगठनको अगुवाइमा बिभिन्न क्षेत्रमा रहेर काम गर्ने शिक्षकहरु सँग सहयोग रकम संकलन गरेर एकमुष्ट रकम शिखा कोईरालाको बैक खातामा जम्मा गरेको नेपाल शिक्षक संगठन जिल्ला समिति दैलेखका अध्यक्ष जीवराज तिमिल्सेना जानकारी दिएका छन् ।









