संक्रमण फैलन सक्ने भन्दै लापरवाही नगर्न शाहीको आग्रह

 

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको संक्रमण अझै फैलन सक्ने भन्दै सबै नागरिकलाई लापरवाही नगर्न र स्वास्थ्य सुरक्षाका साधनहरु अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।
लक्षण सहितका कोरोनाका बिरामी भेटिन थालेको भन्दै शाहीले सजग रहन आग्रह गरेका हुन् ।
संक्रमणको अवस्था यसैगरी बढ्दै गए कम्तिमा २५ दिनदेखि एक महिना कडा लकडाउन गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकारसँग कुरा गर्दै मंगलबार मुख्यमन्त्री शाहीले कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले विभिन्न विकल्पसहित योजना बनाइरहेको बताएका छन् ।
हामिले गरेको तयारी अनुसार संघीय सरकारलाई सुझाव पनि दिएका छौं ।
कर्णाली प्रदेशसँग जोडिएका बिभिन्न नाकाहरुमा सुरक्षा व्यवस्था पुनः कडाई गर्ने बारेमा पनि छलफल भएको छ, शाहीले भने ।
देशका अन्य प्रदेशमा लक्षण सहितको कोरोनाको संक्रमण बढ्दै गएमा कर्णालीले फेरी पनि नाका सिल गर्नुपर्ने अवस्था आउन सक्ने र सोही अनुसारको तयारी भएको शाहीको भनाई छ ।
‘अहिले काठमाडौंमा प्रवेश गर्न पिसिआर रिपोर्ट माग्ने गरिएको छ ।’ अब कर्णालीमा पनि जो पायो त्यहीले अनावश्यक भित्रने बिषयमा सरकार चनााखो हुने र राहात बाँड्ने काम पनि बन्द गरिने बताएका छन् ।
मुख्यमन्त्री शाहीले सबैले मास्क अनिवार्य लगाउन, सुझाव दिएका छन् । सामाजिक दुरी कायम गर्न र सावुनपानीले हात धनुे सेनिटाइजरको प्रयोग अनिवार्य गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार