
भदौ १, दैलेख
नारायण नगरपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको सूचना लुकाएको तत्थ्य आफैले खोलेको छ । गत असार १५ गते प्रकाशन गर्नुपर्ने सूचना लुकाएको नगरपालिकाले सामाजिक संजालमा तीब्र बिरोध भएपछि दश दिन पछि पुनः आफैले नारायण नगरपालिकाको बेवसाईडमा राखेर सूचना लुकाएको प्रमाण आफैले पेश गरेको छ ।
सूचना लुकाएर कमिशनको लोभमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफुले चाहेको व्यक्ति वा संस्थाको फर्मलाई सूचना दिने तरखरमा भएको नगरपालिकाले सूचना प्रकाशनका लागि स्थानीय पत्रिकामा रकमको बार्गेनिङ्ग गरेर बाहना गरेको पनि खुलेको छ । दैलेखका दुईवटा पत्रिकामा सूचनाको न्यून दररेट भन्दै सूचना लुकाएको दैलेखको नारायण नगरपालिकाको गलत पद्धतीको पत्रकारले सामाजिक संजालमा बिरोध गरेपछि १० दिन पुरानै मितिमा सूचना प्रकाशन गर्न नगरपालिका बाध्य भएको थियो ।
यती हुँदा हुँदा पनि आफुले चाहेको व्यक्तिलाई सूचना दिनका लागि नगरपालिका सफल भएको एक कर्मचारीले जानकारी दिएका छन् । सूचनाको हक अनुसार प्रक्रियाको बारेमा थप जानकारी लिने र गलत प्रविधिको भण्डाफोर गर्ने तयारीमा स्थानीय संचारमाध्यामहरु रहेका छन् ।
सार्वजनिक लिंकको रुपमा रहेको नारायण नगरपालिका दैलेख नाम गरेको फेसबुक पेजमा आफ्नो गल्ति ढाकछोप गर्नका लागि नारायाण नगरपालिकाका केही कर्मचारीले जथाभावी जनताको भावना विपरितका कामहरु गर्दै आएको र अभिव्यक्तिहरु दिदै आएको प्रति स्थानीय नागरिकहरुले समेत आक्रोस पोखेका छन् ।









