दैलेखको आठवीस नगरपालिका ४ भेलतडीका दुई बालक दुई दिनदेखि कर्णालीमा बेपत्ता भएका छन् । मंगलवार भदौ ९ गते दिउँसो १२ बजेदेखि पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी हराएका थिए ।
दुबै जना बालकहरु बुधावार साँझ सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरीबहादुर ओलिले जानकारी दिएका छन् ।
मंगलबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरु कर्णाली नदीमा बगेका थिए, उनिहरुको खोजी कार्याका लागि राकम प्रहरी, पालतडा प्रहरी, तल्लो डुगेश्वर र सुर्खेत सम्मको प्रहरी परिचालन गरिएको छ । बर्सातको समयमा उर्लेको कर्णाली नदीमा वेपत्ता भएका उनिहरु कुन स्थानमा कर्णालीले छेऊ लगाउने हो त्यो बाहेक अन्य खोजी कार्य गर्न नसकिने अवस्था देखिएको छ ।
राकम कर्णाली देखिका स्थानीयले पनि खोजी कार्य जारी राखेका छन् । दुई जना बालकहरु खोलामा बेपत्ता भएपछि राकम कर्णाली बजार शोकमा परेको छ ।









