
भदौ १४, दैलेख
जिल्लाको नारायण नगरपालिका दैलेख बजारको गणेश चौकमा सामान्य होटेल व्यवसाय गर्दै आएका आठबिस नगरपालिका–५ का शिवराज जैसीलाई अहिले कोरोना कहर भन्दा पनि दैनिक जीवन यापन चलाउन नसकिने हो कि भन्ने चिन्ताले पिरोलेको छ ।
सदरमुकामको एउटा घुम्ती पसल भाडामा लिएर होटेल व्यवसाय सञ्चालन गरेका उनको ५ जनाको परिवार छ । परिवार पाल्ने माध्यम भनेको चिया पसल नै हो । सानो व्यवसायबाट बाल–बच्चा पढाउनुका साथै ५ जनाको परिवार पाल्दै आएको थिएँ कोरोना कहरका कारण व्यापार नहुँदा हामी जस्ता साना व्यवासयिहरुलाई कोरोना भन्दा पनि भोकमरी निम्तिने खतरा बढेको छ । अन्य साना व्यपारिहरु पनि यही गुनासो गर्ने गरेका छन् ।
गत तीन महिनाको लकडाउनमा पनि यस्तै समस्या झेलेको उनले १ महिना सम्म लक डाउन खुल्छ कि बजारमा बसे, लक डाउन खुलेन अनि सबै परिवार लगेर घरमा गए । पुनः केही राहत हुन्छ कि भनेको अव पनि समस्या उस्तै हुने देखिन्छ ।
तत्कालिन लक डाउनका बेलामा पहुँच भएका खुद्रा पसले, खाद्यान्न पसले र कपडा पसलेहरूले रातारात लाखौँ कमाए, बिल मिलाउनेले बिल मिलाए तर सोझा र पहुँच नभएका व्यपारीहरु भने भाग्नुपर्ने अवस्थामा पुगेका छन् ।
जिल्लामा लामो समय देखि कस्मेटिक व्यवसाय गर्दै आएका नवीन रिजालको–३ जनाको परिवार छ । सानो घुम्ती भाडामा लगेर सामान्य व्यापार गर्दै आएका उनले परिवारलाई व्याबसायमा लगाएर आफू पत्रकारिता गर्दै आएका छन् । पत्रकारितामा आम्दानी कम हुने भए पछि परिवार पाल्न र बाल–बच्चा पढाउन जोहो गर्दै आएको कस्मेटिक पसल कोरोनाका कारण बन्द भए पछि परिवार पाल्ने चिन्ता बढेको बताए ।
नारायण नगरपालिका ४ का हस्त राना पनि कोरोना पछिको बन्दावन्दिको मारमा परेका छन् । कामको खोजीमा बाहिर जानु भन्दा आफ्नै ठाउँमा जिबिको पार्जन गर्ने उद्देश्यले केही महिना अघि व्यापारमा लगानी गरे बन्दाबन्दीका कारण अहिले लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनले बताए ।
कोरोनाको मारमा परेका साना व्यावसायिले सरकारले सहयोग गर्नु पर्ने माग गरेका छन् । ठुला व्यापारीहरुले धेरैै वर्ष पुराना सामान डवल मूल्यमा बिक्री गरी मनग्य आम्दानी गर्दै आएको र साना व्यापारी बन्दाबन्दीको मारमा परी खानाको जाहो समेत नहुने अवस्था आएको उनीहरूले बताए ।
साना व्यावासायी सँगै कतिपय बैंक तथा वित्तीय संस्थाबाट लाखौँ ऋण ल्याएर व्यापार व्यवसाय र अन्य कारोबार गरेका दैलेखका व्यापारीहरूलाई समेत कोरोनाले समस्यामा पारेको छ । बैकको व्याज आवश्यकताका आधारमा मिनाहा गर्ने परिपाटी सरकारले मिलाउनुपर्ने व्यावसायिहरुको माग रहेको छ ।









