जग्गादाताको नाम ननिस्किए पछि वडा कार्यालयमा तालाबन्दी


असोज १, दैलेख
जिल्लाको ठाटिकाँध गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा कार्यालयलाई जग्गा प्रदान गरेका जग्गादाताको नाम कार्यालय सहयोगिमा ननिस्किएको भन्दै तालाबन्दी गरिएको छ । गाउँपालिकाले केही दिन अगाडि ६ वटा वडाहरूमा कार्यालय सहयोगीको लागि सूचना खोलेको थियो । बिभिन्न स्थानमा ५४ जनाले दरखास्त दिएको गाउँपालिकाले जानकारी दिएको छ । सबैको नजिता सार्वजनिक भएपछि वडा नं. ४ लाई जग्गा प्रदान गरेका पदमबहादुर कठायले आफ्नो नाम ननिस्किएको भन्दै तालाबन्दी गरेको बिज्ञप्ति समेत टालेका छन् । उनको बिज्ञप्तिमा भनिएको छ । वडा नं. ४ को कार्यालयका लागि ५ रोपनी घर र जग्गा दान गर्ने बेलामै परिवारको मान्छेलाई कार्यालय सहयोगि राख्ने भनेर मौखिक सहमती गरिएको थियो तर अहिले कार्यान्वयन गरिएन ।
उनले केही स्थानीय जम्मा गरेर वडा कार्यालयमा तालाबन्दी गरेपछि वडाको काम प्रभावित भएको छ ।
परीक्षा संचालनमा गएका जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी तथा परीक्षा समितिका सदस्य इन्द्र बहादुर क्षेत्रीले ६ जना कर्मचारी माग गरी गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा ५४ जनाले दरखास्त दिएका र ५४ जना मध्ये योग्य ६ जनाको नाम निस्किएको बताएका छन् । हामीले निश्पक्ष परिक्षा संचालन गर्र्यौं योग्य उम्मेदवार छानिएका छन् । क्षेत्रीले भने
गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले सबै काम निष्पक्ष तरीकाले भएकोले कसैले पनि विरोधका नाममा बिरोध गर्न नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार