
असोज २१, दैलेख
कृषिका योजनाहरुको प्राथमिकिकरण बारे छलफल
कृषि विकास कार्यालय दैलेखले दैलेखका ११ वटै पालिकाका कृषि प्रमुखहरुसँग समन्वय गरेर कृषिका योजनाको प्राथमिकिकरण गरेको छ । जिल्लाका ११ वटै पालिकाहरुमा कार्यरत कृषि प्रमुखहरुको भेला गरेर समग्र दैलेखको कृषि विकास गर्ने बारेमा छलफल गरिएको हो ।
प्रदेश सरकारले प्रदान गर्ने कृषिका बजेटहरु स्थानीय पालिकासँगको समन्वय गरेर प्रभावकारी काम गर्ने बारेमा छलफल भएको कृषि कार्यालय दैलेखका प्रमुख तिलक प्रसाद पाण्डेले जानकारी दिएका छन् ।
दैलेखमा कृषि क्षेत्रको विकासका लागि आवश्यक पर्ने पकेट क्षेत्र बिस्तार गर्ने, कृषिका सम्भावना र चुनौतीहरूका बारेमा बृहत् छलफल गरिएको र आगामी वर्षमा प्रभावकारी कार्यक्रम लागु गर्नेबारेमा छलफल गरिएको छ ।









