स्थानीय सरकारका समस्या सुध्रने बेलामा नसुध्रिए अव पछुतो मात्रै हो

स्थानीय सरकारबाट जनताले निकै धेरै आशा र भरोसा गरेका छन्् । अहिलेपनि त्यो आशा मरिसकेको छैन्, आशा र भारोसा भित्र जनताले प्राप्त गरेको अधिकारलाई समेत उचित रुपमा व्यवस्थापन गर्नुपर्ने, अधिकारको संस्थागत विकास गर्नका लागि स्थानीय सरकारले प्रयास गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण बिषय हो ।
सानो सानो बिषय भनेर जनता र शुभचिन्तकले दिएका सल्लाह सुझावहरुको वास्था नगर्ने प्रवृति स्थानीय सरकारमा धेरै भयो जसका कारण स्थानीय सरकारहरु र हिजो चुनावमा जुटेका जनताहरुमा निराशा बढ्दै गएको छ । दिगो, ठोस र प्रभावकारी विकास योजना ल्याएर जनतासँग त्यस्ता योजनाहरुको छलफल र बहस गरेर टुँगोमा पु¥याउनुपर्ने स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधिहरु आफै आफै लडाँइमा होमिनुले पनि जनताको समस्या समाधान भन्दा व्यत्तिका समस्या समाधानका लागि लागेको देखिन्छ ।
तीन वर्षमा देखिने गरी काम गरिसक्नुपर्ने थियो, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, संचारमा नीति संगत विकासका कामहरुको थालनी गरेर देखाईसक्नुपर्ने अवस्था हो । अवको दुई वर्ष बाँकी रहेका दिर्घकालिन योजनाहरु प्रभावकारी व्यवस्थापन गरेर अघि बढ्ने काम गर्नुपर्ने हो ।
कतिपय स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरु वीच अहिले पनि बेमेल रहनु एउटा समस्या होला तर जनप्रतिनिधिले नै विकासको सूचना नपाउने अवस्था आएको नारायण नगरपालिकाले आगामी दिनहरुमा यस्ता बिषयहरुमा कतिको ध्यान दिएर जनताको पक्षमा लाग्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार