स्थानीय उत्पादनको प्रर्वद्धन गर्न सौगात गृह संचालनको तयारीमा


कार्तिक २१, दैलेख
दैलेखमा रहेका लघुउद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बिक्रि बितरण र थप बजारीकरणका लागि दैलेख सौगात गृह संचालनको तयारीमा रहेको छ ।
गृह सञ्चालनका लागि सम्पुर्ण प्राविधिक ब्यवस्थापकीय कार्य पूरा भैसकेको जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा), दैलेखका अध्यक्ष कबिराज खत्रीले जानकारी दिएका छन् ।
डिमेगा र आत्मनिर्भर लघु उद्यम सहकारी सस्थाको साझा अभियानका रुपमा सौगात गृहलाई लिइएको छ । जिल्लाका उद्यमीको उत्पादन संकलन भैरहेकाले औपचारिक उद्घाटन केही दिनमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार