तीन पालिकामा २ हजार युवालाई रोजगारी दिने तयारी


मंसिर १२, दैलेख
कोरोना भाइरस कोभिड १९को संक्रमण र चपेटामा परेर बिभिन्न स्थानमा रोजगारी गुमाएका २ हजार युवाहरुलाई एक बर्षको लागि रोजगारी प्रदान गरिने भएको छ ।
दैलेखको महावु गाउँपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिकाका २ हजार युवाहरुले रोजगारी पाउने भएका हुन् । कोरोना संक्रमणबाट रोजगारी गुमाएका, दलित बिपन्न समुदाय, बेरोजगार युवाहरु र अपाङ्ग परिवारलाई छनौट गरेर नेपाल सरकारको मापदण्ड अनुसार यस्तो कार्यक्रम सुरु गर्न थालिएको एभेरेष्ट क्लव दैलेखका महासचिव यज्ञराज थापाले जानकारी दिएका छन् ।
यूकेएक, डब्लुएफपिको आर्थिक सहयोगमा एभरेष्ट क्लव दैलेख मार्फत यस्तो रोजागरी सृजना गर्न थालिएको हो । रोजगार गुमाएका युवाहरुलाई बिभिन्न योजना निर्माणमा रोजगारी प्रदान गरिने छ, कृषि सडक, सिंचाई, पानी घट्ट निर्माण लगायतका बिभिन्न ३० वटा स्किममा काम गरिने संस्थाका टेकराज आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रको सुरुवाती जानकारी दिदै जिल्ला समन्वय समिति दैलेखमा गरिएको समन्वय बैठकमा प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा, प्रदेश सभा सदस्य मिनासिंह रखाल, जिल्ला समन्वय समिति प्रमुख प्रेम थापा, उपप्रमुख लक्ष्मीदेवी शाह, लगायतको उपस्थितीमा कार्याक्रमको जानकारी गराइएको छ ।
कार्यक्रमले नेपाल सरकारले अगाडी सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम मोडलमा काम गर्ने र काममा सहभागि सबै युवाहरुको बैक खता वा आईएमइका आधारमा व्यक्तिकै हातमा रकम पुग्नेगरी काम गर्ने डब्लु एफ.पि.का कार्यक्रम एशोसिएट दिलबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले सरकारले लिएको नीतिमा रहेर बास्तवीक पीडित र बेरोजगार युवाहरुलाई रोजगार कार्यक्रममा सहभागि गराउन सुझाव दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले दैलेखका अन्य पालिकाहरु पनि कोरोना संक्रमणको चपेटामा परेकोले थप कार्यक्रम बिस्तार गर्न सुझाव दिदै जुन घरमा रोजगारी गुमेका कारण चुल्हो बल्न सकेको छैन त्यस्ता समस्या भएका व्यक्तिहरुको छनौट गर्न आग्रह गरेका छन् । दल, व्यक्ति, क्षेत्र बिशेष भन्दा बास्तवीक समस्यालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार