दैलेखको सवैभन्दा पुरानो जिल्ला अस्पताल संघीयता सँगै प्रदेश सरकारको मातहतमा गयो । प्रदेश सरकारले दैलेख लगायत अन्य बिभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्ने, बिशेषज्ञ सुविधा प्रदान गर्ने भनेर गत बर्ष निर्णय गरेको भएपनि अहिलेसम्म उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
१५ बेडको स्वीकृति पाएको स्वास्थ्य सेवा कार्यालय दैलेखे अहिले ५२ बेड बनाइएको छ । ३ वटा आइसियु बेड, २ वटा भेन्टिलेटर समेत संचालनमा छन् । इमरजेन्सी ल्याब, फिजियोथेरापी लगायतका सेवा समेत स्वास्थ्य सेवा कार्यालय दैलेखबाट प्रवाह गरिएको छ । सुविधा जति धेरै थपिएको छ सोही अनुसारको सेवा प्राप्त गर्ने अवसर जनतालाई अहिलेपनि छैन् । थपिएका सेवा सुविधाहरु प्रदान गर्नका लागि विशेषज्ञ डाक्टर भएको भए सहज हुने बिषयलाई मध्यनजर गर्दै प्रदेश सरकारले यसवारेमा बिशेष चासो र चिन्ता गर्नुपर्ने देखिएको छ ।
कोरोना भाइरस कोभिड १९ को प्रभाव दैलेखमा जसरी भूषको आगोझै दन्किएको छ । त्यसको व्यवस्थापनमा पनि अहिले स्वास्थ्य सेवा कार्यालय र सम्वन्धित निकायहरु बेखवर जस्तै देखिएका छन् ।
अहिले निकै सामान्य बनाइएको कोरोना भाइरसका कारण मानिसहरुले बिभिन्न समस्याहरु झेल्दै आएका छन् । तीब्र रुपमा परिक्षण गरेर यसको रोकथामका उपायहरु अवलम्बन गर्नुपर्नेमा चिसो मौसम सँगै कोरोनामा लापरवाही बढ्दै गए समस्या झने बढ्ने तर्फ पनि सम्वन्धित निकायहरुले बेलैमा सोच गर्नुपर्ने देखिन्छ ।








