स्वास्थ्य मानव जीवनको निकै महत्वपूर्ण बिषय हो । निःशुल्क स्वास्थ्य सुविधा जनताले पाउनुपर्ने बिषय मौलिक हकमा उल्लेख गरिएको भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेका बेलामा नेपाल सरकारले जनताको स्वास्थ्य अवस्थाका बारेमा बिभिन्न प्रभावकारी कामहरु सुरुवात गरेको छ ।
कोरोना भाइरस कोभिड १९ ले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावको मुल्याँकन गर्दै नेपाल सरकारले ३ सय ९६ स्थानीय तहमा एकै पटक पहिलो चरणमा अस्पताल उद्घाटन गरेर जनताको स्वास्थ्यप्रति जिम्मेवारी प्रर्दशन गरेको छ । अर्कोतर्फ स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेर जनताको पक्षमा काम गर्ने कार्य सरकारले सुरुवात गरेको छ ।
स्वास्थ्य मन्त्रालय मार्फत हुने धेरै गतिविधिहरु पारदर्शी हुन नसकेको बिषय बेला बेलामा चर्चामा आउने गर्दछ । बिशेष गरेर अस्पतालमा औषधि खरिद लगायत औषधि आपूर्तिका कुराहरुमा धेरै बिवाद हुने गर्दछ । पछिल्ला दिनहरुमा यि र यस्ता बिषयहरु अनि कुन अस्पतालमा औषधिको मात्रा कति स्टक छ भनेर तत्काल केन्द्र सरकारले वा मन्त्रालयले जानकार पाउने, आपूर्ति व्यवस्था कसरी भएको छ भनेर सहजै जानकारी पाउन सकिने स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना पर्णालीको सुरुवात गरेको छ ।
यो अभियानले स्वास्थ्य क्षेत्रमा देखिएका बिभिन्न कमिकमजोरीहरु सहजै पत्ता लगाउन सजिलो हुने र पादर्शीता बढ्ने देखिन्छ ।
केन्द्रदेखि देशैभरका सबै स्वास्थ्य संस्थाहरुमा औषधिको नियमितता, अभाव लगायतका बिषयहरु यो प्रर्णालीबाट सहजै थाहा हुने र जुन स्थानमा अभाव छ पाएक पर्ने नजिकका स्थानबाट तत्काल आपूर्ति गर्न निकै सहज हुने भएपछि बिभिन्न माहामारीमा जनताले तत्काले सुविधा पाउन सक्ने देखिएको छ । यसको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो ।








