दैलेख धार्मिक ऐतिहासिक, सामाजिक र साँस्कृतिक मूल्य मान्यता बोकेको जिल्ला हो । दैलेखमा केन्द्रमा हुने राजनीति बिभाजन र परिवर्तनका कुरालाई बिश्लेषण गर्ने हो भने । पंञ्चायत कालमा अञ्चलाधिशलाई लखेकोटेको जिल्लाका रुपमा दैलेखले एतिहासिक महत्व बनाएको छ ।
सामाजिक मर्यादा र मानवीय मुल्य मान्यतालाई सयौं वर्ष अघि देखि सम्मान गर्ने दैलेखका बासिन्दाहरुको इमान्दारीतामाथि कमजोरी गर्दै बेला बेलामा दैलेखका बासिन्दाहरुलाई ठगी गर्ने धन्दा सञ्चालन हुँदै आएको छ ।
कहिले कृषकहरु ठगीएका छन् त ? कहिले बिभिन्न कम्पनीका नाममा ठगीएका छन्, कहिले लघुबित्तका नाममा ठगीदै आएका छन् । यसरी जिल्लाका नागरिकहरुलाई यो वा त्यो बाहनामा ठगी गर्ने मानिसहरु कानुनी दायरामा समेत आएका छन् ।
यती मात्र हैन दैलेखमा मिटर ब्याजेदेखि लगेर, बिभिन्न चर्को व्याजमा गरिवहरुको उठीवास गराउनेहरुको गिरोह पनि निकै ठूलो छ । गरिवलाई आवश्यक परेका बेलामा सहयोगको बाहना बनाउँदै चर्को व्याज लिने व्यक्तिहरु रातारात धनि बनेका छन् तर गरिवहरुको उठीबास भएको छ । दैलेखको प्रशासनले यस्ता बिषयहरुमा गहिरो अध्ययन गर्नुपर्ने देखिएको छ । बदमासी त्यता मात्र हैन सरकारी कार्यालय, गैर सरकारी संस्था, पार्टी, उपभोक्ता समिति, ठेक्का यस्ता धेरै बिषयहरुमा दैलेखमा चरम बदमासी बढ्दै गएको छ । बदमासी गर्नेहरुको गिरोह बढ्दै छ । सच्चा र इमान्दारहरुको संख्या न्यून हुँदै छ । संस्थागत भ्रष्टाचारमा संलग्न सबैलाई जिम्मेवार निकायहरुले खोजी गरी कारवाही गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








