‘दियालो बाल्ने ठाउँमा बिजुली’ डुङ्गेश्वरका ७० प्रतिशत घरमा बत्ती


पुस २१, दैलेख
जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ उमकी उमा गुरुङलाई सहरमा झिलि–मिली बिजुली बलेको देख्दा लाग्थ्यो हाम्रो गाउँमा यस्तै देख्न कहिले पाइएला गाउलेहरु सहरका मानिस जस्तै अध्यारो मुक्त हुने दिन कहिले आउला अहिले उनलाई आफ्नै गाउँमा बिजुली बत्ती झिलि–मिली बलेको देख्दा खुसी लागेको छ ।
बाल्यकाल देखि यही हुर्कियौँ पारी पट्टि देखिने दैलेख, दुल्लू बजारमा बलेका बिजुली बत्ती देख्दा अच्चम लाग्थ्यो हामी कहिले बिजुलीको उज्यालोमा बसौँला, सहर जस्तै चहकिलो हाम्रो गाउँ कहिले होला, सबै कल्पना गर्ने कुरा आफ्नै पालामा पूरा भए पछि उमा मात्र नभै यहाँका बुढा पाकाहरुमा पनि खुसीको सीमा छैन ।
पुराना दिनहरुमा दियालोको भरमा घरायसि कामहरु गर्दै आएका यहाँका महिलाहरुलाई अहिले गाउँमा बिजुली बत्ति बल्न थाले पछि सहज भएको छ । उमेरले ५० वर्ष लागेका स्थानीय महेन्द्र बुढाले पुराना दिन सम्झदै दियालो बल्ने गाउँमा बिजुली आउँदा नागरीकमा खुसियाली छाएको बताए ।
बत्ती मुनि पढ्ने रहर पूरा ः
गाउँपालिका–२ उमकी ११ कक्षामा पढ्दै गरेकी वन्दना थापालाई गाउँमा बिजुली आएसँगै बत्ती मुनिको उज्यालोमा बसेर पढ्ने रहर पूरा भएको छ । पहिले सोलरको उज्यालोबाट पढ्ने गरेका थियौँ । बर्खामा घाम नलागेर बत्ती जाने गरेकाले पढाइमा बाधा हुँने गरेको थियो । अब जति वेला पनि पढ्न पाइने वन्दनाले सुनाइन् ।
यस्तै सोही ठाउँकी संगिता वलीकोे उज्यालामो बस्ने रहर पूरा भएको छ । दुर्गममा स्थानीय सरकार आएपछि गाउँमा बिकासले फड्को मार्दै गएकोे उनले बताइन् । गाउँमा बिजुलि आएसँगै कामको खोजीमा बाहिरी मुलुक जाने युवा–युवतिहरूले आफ्नै ठाउँमा उद्योग सञ्चालन गरी बस्ने बाटाहरू खुलेको उनले बताइन् ।
गाउँ झिलि–मीली देखेर खुसि भएका स्थानीयहरुले संघीयता पछि गाउँमा आएका सरकारले जनताको अपेक्षा अनुसार काम गरेको खण्डमा गाउँमा पनि विकासले फट्को मार्ने आसा रहेको स्थानीय बासीहरूले बताउँछन् । संघीयता पछि गाउँमा आएका स्थानीय सरकारहरुले पनि जनअपेक्षा अनुरूप काम गरेको खण्डमा समृद्धि खोज्न टाढा जानु पर्ने देखिन्छ ।
७० प्रतिशत
घरधुरीमा बल्योे बत्ती
डुङ्गेश्वर गाउँपालिकामा रहेका ३ हजार घरधुरी मध्ये ७० प्रतिशत घरधुरीमा बत्ती बलेका जनाइएको छ । संघीय सरकार अन्तर्गतको ग्रामीण सामुदायिक बिधुत्तिकरण परियोजनाको ९० प्रतिशत र डुङ्गेश्वर गाउँपालिकाको १० प्रतिशत साझेदारीमा बिद्युतिकरणको कामभई ७० प्रतिशत ठाउँमा बत्ती बलेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्लका अनुसार निर्वाचित जनप्रतिनिधि आउनु पहिले डुङ्गेश्वर गाउँपालिकामा २५ प्रतिशत क्षेत्रमा बत्ती बलेको र स्थानीय सरकार सञ्चालन पछिको दिनमा ७० प्रतिशत क्षेत्रमा बत्ती बाली सकिएको बताए ।
३ हजार घरधुरी संख्या रहेको डुङ्गेश्वर गाउँपालिका २३ सय घरधुरीमा बत्तीबालि सकिएको छ । विद्युतिकरणको काम सुरु भएदेखि अहिले सम्मको अवधिमा धेरै क्षेत्रमा बत्ति बाल्ले योजना रहेको भए कोरोनाका कारण काम रोकीए र समस्या भएको अध्यक्ष मल्लले बताए ।
गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु केसीले २ नम्बर वडामा ७ सय २१ घरधुरी संख्या रहेको र ७ सय घरधुरीमा बत्ती पुगीसकेको बताउदै बाँकी घरहरूमा छिटै काम सम्पन्न भई बत्ती बाल्ने गरी काम भैरहेको केसिले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार