
दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ६ जम्बुकाँध स्थित निर्माण सम्पन्न प्रहरी चौकी भवनको प्रदेश प्रहरी प्रमुख वसन्त कुमार पन्तले उद्घाटन गरेका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको प्रहरी चौकीको भवन पन्तले उद्घाटन गरेका हुन । भवन उद्घाटनमा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्य बहादुर शाही, नगर उप–प्रमुख, सुरक्षा निकाय, सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुखहरु लगायत अन्य स्थानीहरुको समेत उपस्थिति रहेको थियो ।









