
पुस २३, दैलेख
नारायण नगरपालिका वडा नं. ४ ले बृद्धबृद्धलाई कम्मल वितरण गरेको छ ।
चिसो बढे सँगै बृद्धबृद्धालाई समस्या हुने भन्दै चिसो छल्न कम्मल वितरण गरिएको नारायण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष वीरबहादुर कटुवालले बताए ।
वडाको १ लाख ५० हजार बजेटबाट छुट्टयाइएको र वडामा रहेका १ सय २१ जना बृद्धबृद्धालाई कम्मल वितरण गरिएको वडा अध्यक्ष कटुवालले जानकारी दिए ।
कम्मल वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले भने “बृद्धबृद्धाहरु हामी सबैको अभिभावक भएकाले उनीहरुको सुरक्षा गर्नु सबैको दायित्व भएको बताए ।”
जाडोमा युवाहरुलाई भन्दा बढी बृद्धबृद्धालाई बढि समस्या हुने भएकाले सबैले बृद्धबृद्धालाई सहयोग गर्नुपर्ने उनले बताए ।
हामी सबै एकदिन बृद्ध हुने भएकाले बृद्धबृद्धालाई अपमान होइन सम्मन गर्नुपर्नेमा जोड दिए । बृद्धबृद्धाले पाई रहेको बृद्ध भत्ता ३ हजारबाट ५ हजार सम्म पु¥याउन सरकार लागि परेको उनले बताए ।
कार्यक्रममा नगर उप–प्रमुख सावित्री मल्ल, स्थानीय लगायत राजनीतिक दलका पदाधिकारीहरुको उपस्थितिरहेको थियो ।









