
पुस २३, दैलेख
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नारायण नगर संगठन कमिटी दैलेखले अगुवा कार्यकर्ता भेला बिहिवार सम्पन्न गरेको छ ।
भेला कार्यक्रमले यहि पुष २६ गते हुने बृहत अगुवा कार्यकर्ता भेला तयारी समितिका लागि २ सय १ सदस्य समिति गठन गरेको छ ।
जिल्ला स्तरीय बृहत भेलाका लागि पार्टीका केन्द्रीय सदस्य एवं नगरका अध्यक्ष लोमन शर्माको संयोजकत्वमा बिभिन्न समिति गठन गरिएको जिल्ला कमिटी सदस्य जनक न्यौपानेले जानकारी दिएका छन् । उनले बिभिन्न जनसंगठनको संयोजन गर्नका लागि संयोजक पनि तोकिएको बताए ।
अखिल नेपाल महिलासंघको संयोजन गर्ने जिम्मा तप्ता थापालाई दिइएको छ ।
नेपाल उत्पीडित जातिए मूक्ति समाजको संयोजन गर्नका लागि प्रेम भू्रर्तेललाई जिम्मा दिइएको छ । यस्तै नेपाल आदिवासी जनजाती महासंघको संयोजन गर्ने जिम्मा द्रोपति थापालाई दिइएको बताइएको छ ।
यता राष्ट्रिय युवा संघ नेपालको संयोजन गर्ने जिम्मा पुण्य प्रसाद शर्मालाई दिइएको र अनेरा स्वबीयुको संयोजन गर्ने जिम्मा निरक खड्कालाई दिएको न्यौपानेले बताए ।
अगुवा कार्यकर्ता भेला नारायण नगर कमिटिका अध्यक्ष लोमन शर्माको अध्यक्षतामा समपन्न भएको थियो ।
अगुवा भेला कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष तथा केन्द्रीय सदस्य रबिन्द्रराज शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
अथितिहरुमा नेकपा केन्द्रीय सदस्य मिना सिंह रखाल, नारायण नगरपालिकाका नगरप्रमुख रत्न बहादुर खड्का लागायतका नेताहरु रहेका थिए ।









