
पुस २७, दैलेख
नारायण नगरपालिका वडा नं. ३ ले वडाभित्रका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेर सम्मान गरेको छ । सम्मान कार्यक्रममा नगर प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्रि मल्ल, वडा अध्यक्ष चन्द्र प्रसाद उपाध्याय, निर्वाचित वडा सदस्यहरु लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
वडाले यो वर्ष वडामा रहेका सबै २ सय जेष्ठ नागरिकहरुलाई न्यानो कपडाका रुपमा स्वीटर बितरण गरिएको वडा सचिव बिष्णु उपाध्यायले जानकारी दिएका छन् ।









