बोनम्यारो पीडित सुशील शाही भन्छन् ः मेरो जीवन बचाई दिनुहोस्


दैलेखको भगवतीमाई गाउँपालिका वडा नं.२ बस्ने ११ बर्षै बालक सुशील शाहीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् ।
११ बर्षे बालक अहिले बोनम्यारो पीडित बनेका छन् । उनलाई पाँच दिनको एकपटक रगत दिनुपर्ने अवस्था छ । काठमाडौँको सिभिल अस्पतालमा उनलाई उपचारका लागि भर्ना गरिएको छ ।
बालकका बुवा रामबहादुर शाही दैनिक मजदुरी गरेर जीवन गुजारा गर्दै आएका छन् । एउटा मात्र सन्तान भएका उनको आर्थिक अवस्था निकै कमजोर भएपछि अहिले सुशील शाहीको उपचारका लागि उनका जेठा बुवा अमृत विक्रम शाहीले उनको उपचारका लागि काठमाडौँमा सहयोग गरेका छन् । अहिले छोराको र आफ्नो रगत परीक्षणका लागि भारत पठाइएको छ । रिपोर्ट आएपछि बोनम्यारो प्रत्यारोपण प्रक्रिया सुरु हुने भएको अमृत विक्रम शाहीले जानकारी दिएका छन् । करिब २५ लाख रकम लाग्ने रहेछ हामीसँग सम्पत्ति केही छैन, देश विदेशका सबैले सहयोग गरिदिएको खण्डमा मात्र उनको उपचार सम्भव छ । त्यसैले सबैले सहयोग गरिदिनु शाहीले आग्रह गरेका छन् ।
सुशील शाहीलाई सहयोग गर्ने निकायहरूले प्रभु बैकमा रहेका तीन वटा खातामा सहयोग रकम जम्मा गरिदिन परिवारले आग्रह गरेका छन् ।
सुशील शाहीका बुवा रामबहादुर शाहीको खाता नं. १५१०१०२८०८५०००१२ प्रभु बैक, दैलेख । सुशीलकी आमा अमृता शाहीको १५१०१०२३८७३०००११, अमृत विक्रम शाहीको खाता ०७३०१००१२२९००१६, राष्ट्रिय वाणिज्य बैकमा रहेको विक्रम शाहीको ४०१०१०००००११५०१२ मा जम्मा गरिदिन आफन्तहरूले आग्रह गरेका छन् ।
बालकलाई १२ हजार सहयोग ः


बोनम्यारो पीडित सुशील शाहीलाई दैलेख भगवतीमाई गाउँपालिका जन्मघर भई काठमाडौँमा कार्यरत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष एवं युवा नेता नन्द किशोर बस्नेतले १० हजार नगद सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै बस्नेतले काठमाडौँमा बसेका उद्योगी, दैलेखिहरु, दैलेखि सेवा संघ बिद्यार्थी, कर्मचारी सबैले आफ्नो क्षमता अनुसारको सहयोग गरेर सुशील शाहीलाई नयाँ जीवन प्रदान गर्नुपर्ने सुझाव दिएका छन् ।


नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष एवं धमाका दैनिकका सम्पादक विष्णु शर्माले पनि सुशील शाहीलाई नगद २ हजार रकम सहयोग गरेका छन् । दैलेखको भविष्य बोकेका बालक सुशील साहीलाई सबैले सहयोग गर्न सकेमा उनले नयाँ जीवन पाउने भएकोले सबैसँग सहयोगको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार