अलपत्र सुत्केरीको उद्धार


माघ १२, दैलेख
दैलेखको नारायण नगरपालिका वडा नं. ५ सोतमा अलपत्र अवस्थामा रहेकी सुत्केरी महिलाको उद्धार गरिएको छ । माघको महिनाको कट्याँग्रीदो चिासोमा शारिरिक अपाङ्गता भएकी एक सुत्केरी महिलाको उद्धार गरिएको हो ।
३ दिनकी सुत्केरी महिला अलपत्र अबस्थामा रहेको भन्ने जानकारीका आधारमा अस्थायी प्रहरी चौकी भैसेखोर, जिल्ला प्रहरी कार्यालय दैलेख र स्थानीय संस्थाको सहयोगमा उद्धार गरिएको हो ।
नारयण नगरपालिका वडा नं. ५ इट भन्ने स्थानमा मानिस बस्न छोडेको घरमा ६ महिना अघि देखि एक्लै बस्दै आएकी महिला ३ दिन अघि सुत्केरी भएको कुरा नजिकैका छिमेकी बल बहादुर कटुवालले थाहा पाएपछि उनले प्रहरीमा खवर गरेका थिए । उनको साथमा अर्को अन्दाजी ३ वर्षको छोरा पनि रहेको प्रहरीले जानकारी दिएको छ । अहिले उनले छोरी जन्माएकी छन् ।
नारायण नगरपालिका वडा नं. ४ र ५ को सिमाना पर्ने इट भन्ने स्थानमा अलपत्र परेकी उनलाई ५ का वडा अध्यक्ष लाल बहादुर बस्नेत सहित प्रहरी टोलि र सामाजिक सेवा केन्द्र सोसेकको पहलमा उद्धार गरिएको हो । उनलाई स्थानीय सामाजिक सेवा केन्द्र ( सोसेक) दैलेखले स्थापना गरेको सेल्टरमा राख्ने गरि उद्धार गरिएको हवल्दार सुरेन्द्र थापाले बताए ।
कर्णाली प्रदेश सरकार सडक मानव मुक्त प्रदेश भनेर घोषणा गर्ने गरेको छ भने अर्कोतर्फ स्थानीय सरकार नारायण नगरपालिकाले समेत बर्षेनी लाखौं रकम पोषण र अन्य बिभिन्न बाहनामा खर्च गरिएको छ । ७ महिनादेखि अलपत्र गर्भवती महिला सुत्केरी भएर झनै समस्यामा पर्न थालेपछि मात्र उद्धार हुनुले स्थानीय सरकारको लापरवाही स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार