
माघ १२, दैलेख
आर्थिक अवस्था कमजोर भएका र पायल्स रोगको समस्याले ग्रस्त दैलेखको नारायण नगरपालिका वडा नं. १० भवानीका लालबहादुर बोगटीलाई कोरीयामा बस्ने दैलेखका युवाहरुले २० हजार सहयोग गरेका छन् ।
बखत बहादुर थापाको नेतृत्वमा उठेको रकम हस्तान्तरण गरिएको हो । कोरियामा बस्ने भिम कठायत, नरेन्द्र बस्नेत, दिपेन्द्र बस्नेत, सन्त काका, बलिराज बोगटी, शेरबहादुर बोगटी, प्रेम बोगटी र बिरबहादुर थापाले २० हजार रकम सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेका लालबहादुर बोगटीले अव तत्काल काठमाडौं गएर रोगको उपचार गर्ने बताएका छन्, सहयोग गर्ने सबैलाई बोगटीले धन्यबाद दिएका छन् ।









