बोनम्यारो पीडित शाहीलाई मानेन्द्र चन्द ठकुरीद्वारा आर्थिक सहयोग


माघ १२, दैलेख
बोनम्यारो रोगबाट पीडित दैलेखको भगवतीमाई गाउँपालिकाका दिनेश शाहीलाई मानेन्द्र चन्द ठकुरीले आर्थिक सहयोग गरेका छन् ।
११ वर्षे बोनम्यारो जस्तो रोग बाट विरामीका बुबा शारीरिक रुपले कमजोर हुँदाहँुदै पनि दैनिक मजदुरी गरेर आफ्नो परिवारको जीवन गुजारा गरिरहेका थिए । तर बुढेशकालेका सहरा दिने ११ वर्षको सन्तान अहिले जीवन मरणको दोषदमा रहेको दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही बाट जानकारी पाएपछी मन थाम्न नसकी सहयोग गरेको दैलेख नौमूले गाउँपालिका ६ सल्लेरी आटा निवासी मानेन्द्र चन्द ठकुरीले बताए ।
सुशिल शाहीले अहिले बोनम्यारो रोगका कारण जिवन मरणको दोषादमा सिभिल अस्पताल मिनभवन रहेका छन् । तर विरामी शाहीको उपचार हुन सक्ने संम्भावना भने जिवीतै रहेको छ । संम्भावना जिवीत भएपनी आर्थिक अभावका कारण उपचार हुन नसक्ने पनी प्रवल सम्भावना रहेको छ । आर्थिक अभावका कारण उनलको उपचार ढिलाई भएको छ ।
यही कुरालाई मनन गदै विरामी शाहीको नवजिवन पाउन सक्ने संम्भावना रहेको भन्दै ठकुरीले ५१ ह्जार १ सय ११ रुपैया अस्पताल पुगेर हस्तानान्तरण गरेका छन् । मानेन्द्रले ४१ ह्जार १ सय ११ रुपैया र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले पाँच पाँच हजार रुपैया सहयोग गरेका हुन् । बिगत ४ बर्षदेखि अमेरीका बस्दै आएका समाजसेवी मानेन्द्र अहिले घर विदामा नेपाल आएको वेला विरामीलाई सहयोग गरेका हुन् ।
विरामी शाही पैसा अभाव भएका कारण उनलाई अहिले भर्ना गरिएको छैन, गाह्रो भएपछी अस्पताल आउने गरेका छन् । आज विरामीलाई अली गाह्रो भएपछी अस्पताल आएको समयमा ठकुरीले रकम हस्तानान्तरण गरेका हुन् । विरामीको उपचारको लागी करीब ३० लाख हाराहारी लाग्ने अस्पतालले जनाएको छ । अहिले सम्म उपचारको लागी पैसा नभएका कारण अस्पताल भर्ना गर्न नसकीएको विरामीका कुरुवा अर्थात ठुलोबा यदी पैसा अमृत बिक्रम शाहीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार