
माघ १३, दैलेख
घर परिवार र समाजभित्र मात्रै भावनात्मक सम्बन्धको बिकास हुन सकेको खण्डमा लैङ्गिक हिंसा न्यूनिकरण हुने निश्कर्ष निकालिएको छ ।
दैलेखमा रहेका अधिकारकर्मीहरुको साझा छलफलमा यस्तो कुराको निश्कर्ष निकालिएको हो । लैङ्गिकता सम्वन्धि सामाजिक मुल्या मान्यताहरु तथा घरायसी स्याहार कार्यको समान व्यवहार सम्वन्धि अन्तरक्रियामा बोल्ने सहभागिहरुले आर्थिक अभाव, बेरोजगारी समस्या सँगै सामाजिक रुपमा रहेका बिकृतिहरुले हिंसा बढावा गर्ने गरेका छन् तर पनि घर परिवार, बालवालिका, आफन्त सँग गरिने भावनात्मक सम्बन्धको विकास प्रभावकारी हुन सकेका हिंसा न्यूनिकरणमा धेरै सहयोग पुग्ने बताईको हो ।
एभरेष्ट क्लव दैलेखको व्यवहार परिवर्तन कार्यक्रम अन्र्तगत गरिएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्दै अधिकारकर्मी मिना थापाले समुदायमा हुने बिभिन्न खाले असमानता हटाउनका लागि परियोजनाले गरेका कामहरुलाई सकारात्मक रुपमा ग्रहण गरेर स्थानीय सरकारले अपनत्व लिन सकेमा र कार्यविधि निर्माण गरेर हिंसा न्यूनिकरण अभियानमा साथ दिएको खण्डमा समाजमा हुने सबैखाले हिंसा न्यूनिकरणमा सहयोग पुग्ने बताएकी छन् ।
कार्यक्रममा सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, बिभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।









