भूमि समस्या समाधान आयोग दैलेखको अध्यक्षमा शाही


माघ १९, दैलेख
दैलेखको भूमि समस्या समाधान आयोगको अध्यक्षमा सूर्य बहादुर शाही नियुतm भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरे अनुसार दैलेखमा शाहिले नियुक्ती पाएका हुन् ।
सदस्यमा विज्ञ तेज बहादुर चन्द नियुक्त भएका छन् । सदस्यमा तप्त कुमारी खड्का (थापा) नियूक्त भएकी छन् । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको छ ।
७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार