अहिले नेकपा बिभाजनको अन्तिम संघारमा देखिएको छ । एकले अर्कोलाई स्वार्थ केन्द्रीत आरोपहरु लगाउने र जनताको माझमा पुगेर स्पष्टिकरण दिने काम तीब्र गतिमा चलेको छ ।
चुनाव चिन्ह र संसद पुर्नस्थापनाका बारेमा निर्वाचन आयोग र अदालतमा बहस चलिरहेकै छ । यस्तो अवस्थामा सडकबाटै फैसला घोषणा गर्ने कार्यपनि चलिरहेको छ ।
स्थानीय चुावको मत परिणाम पश्चात प्रतिनिधि र प्रदेश सभाको बेलामा मिलेर चुनाव लडेका तत्कालिन एमाले र माओवादी अहिले पुरानै अवस्थामा फर्केने तयारीमा छन् त्यसमध्ये केही नेता यता त कोही उताको अवस्था छ । जनमत कसको बढी छ भनेर प्रतिश्पर्धा झै भएको छ । विगतका तीन वर्ष जनताको कुनै वास्था नगरेका नेकपाका नेताहरु अहिले वडा बस्ती सम्म जनमतको होड देखाउँदै बिभिन्न बाहनामा जनता उतार्ने भाषण गर्ने र एकले अर्कोलाई सकेसम्म सिध्याउने तयारीमा देखिएका छन् ।
जनताले दिएको जनमत भन्दा पनि सत्ता र स्वार्थ केन्द्रीत राजनीतिले नै नेकपामा समस्या ल्याएको स्पष्ट देखिएको छ । यही बेलामा नेपालका मुल धारका मिडियाहरु समेत बिभाजित देखिएका छन् । कुनै न कुनै समूहका शिर्ष नेताहरुको स्वार्थका कारणनै नेकपा बिभाजनको अवस्थामा पुगेका थाहा पाएका जनताहरुले आगामी निर्वाचनमा दिएको मतलाई मात्र अन्तिम फैसला मान्न सकिने अवस्था छ । अहिले सडकमा देखिएका जनता सँगै आगामी निर्वाचनमा आउने चुनावी परिमाणले मात्र जनमतको बिषय बोल्न सकिने देखिन्छ ।
जे होस स्पष्ट बहुमत पाएको नेकपाले जनमतको कदर गर्न नसकेको नेताहरु स्वार्थ र समूहकेन्द्रीत राजनीतिमा डुबेको भने स्पष्ट आकंकलन गर्न सकिन्छ ।








