संसदिय दलभित्रको खेल नेकपाको राजनीति भविष्य

प्रधानमन्त्री एवं नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलिले दुई महिना अघि विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले खारेज गरिदिएपछि नेपाली राजनीतिमा पुनः नयाँ जोड घटाउको कार्य सुरु भएको छ ।
सर्वोच्चले प्रधानमन्त्रीले चालेको कदमको बिरुद्धमा फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलिले सहजै राजिनामा देलान भन्ने सोचमा रहेका प्रचण्ड समूह समेत अहिले रणनीति परिवर्तनको तयारीमा देखिएका छन् ।
प्रधानमन्त्री समेत रहेका केपी ओलिले संसदमा आफुले जस्तोसुकै अवस्थाको सामना गर्ने बताएपछि र हटाउन सके हटाउन अभियान थाल्न चेतावनी दिएपछि अहिले नेपाली राजनीतिमा झनै अर्को मोड आउने आँकलन सुरु गरिएको छ । अव संसदमा बहुमत र अल्पमतको खेलसँगै अविश्वासको प्रस्ताव पेश हुने अवस्था आएको छ । आएको अविश्वासको प्रस्तावमा बहुमत पुग्न नसके प्रधानमन्त्रीले एक वर्ष सम्म पुन सत्ता चलाउन सक्ने देखिन्छ भने अर्कोतर्फ काँग्रेसले समेत नेकपा प्रचण्ड समूहलाई पार्टीको अधिकारीकता ल्याउन भनेर दिएको जवाफलाई बिश्लेषण गर्दा अविश्वासको प्रस्तावमा बहुमत पुग्न नसक्ने आँकलन पनि गरिएको छ ।
देशको सबैभन्दा धेरै मत प्राप्त गरेर करिव दुइतिहाई बहुमत प्राप्त नेकपाको भविष्य यतीवेला अन्यौलको अवस्थामा छ । अव निर्वाचन आयोगले पार्टीको आधिकारीकता प्रदान गरिसकेपछि नेकपा भित्र आउने संकट र त्यसपछिका निर्वाचनमा आउने परिणामको बारेमा नेताहरुले आँकलन गरिरहेका छन् तर पनि सत्ता शक्ति र पदका लागि मात्र गरिएको हो वा देश र जनताका लागि यो लडाँई भएको हो भन्ने कुराको अन्तिम निश्कर्ष भने आगामी निर्वाचनपछि मात्र आकंलन गर्न सकिने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार