दुल्लूमा ३० जनालाई उद्यमशिलता तालिम

दैलेखः दुल्लू नगरपालिका दैलेखमा ३० जना उद्यमीलाई उद्यमशिलता तालिम प्रदान गरिएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग दुल्लू नगरपालिका दैलेखको सहजिकरणमा तालिम सञ्चालन गरिएको हो । १० जनालाई ब्युटिसियन १० जना सिलाइकटाइ र १० जनालाई बाख्रा पालनको तालिम प्रदान गरिएको दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् ।
तालिमको समापन शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेज बहादुर थापा शिक्षा निर्देशनालय कर्णाली प्रदेशका इन्द्प्रसाद उपाध्याय दुल्लू नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत ज्ञानमणी नेपाल र नगरप्रमुख घनश्याम भण्डारीले तालिम प्रदान गरिसकेपछि सिपको राम्रो सदुपयोग गरेर उद्यमीको राम्रो पहिचान दिलाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार