एसियाकै सबैभन्दा ठूलो कम्यूनिष्ट पार्टी मानिएको नेकपा अहिले काँचको घर झै भएको छ । करिव २० बर्ष शासन सत्ता चलाउँछ भन्दै गरिएको बिश्लेषण एकाएक फेल भएको छ । सत्ता मोहमा फसेका नेकपा नेताहरुमा एकाएक बैचारिक बीचलन देखिएपछि करिव तीन वर्ष अघि गरिएको एकतामै खोट रहेको भन्ने बिषयहरु अहिले चर्चामा देखिएका छन् ।
एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेर व्यक्तिगत स्वार्थका लागि जनता जुधाउने अधिकतम प्रयास गरेका नेकपाका केही नेताहरुलाई सर्वोच्च अदालतले गरेको फैसलाले निकै प्रभावकारी र स्वागत योग्य काम गरेको भनेर बिश्लेषणहरु पनि भएका छन् ।
अव लडाँई जनता जुधाएर व्यक्तिगत फाइदा लिने तर्फ होइन, अव लडाँई पार्टी भित्र, नेताहरुबीच र संघीय वा प्रदेश सांसद भित्र रहने देखिएको छ । जनताले मत दिएर पठाएका नेताहरु आपसमा मनमुटाव गर्ने र जनतालाई जुधाउने योजना भने सबैको फेल भएको छ । बिशेष गरेर कडा रुपमा जनताको माझमा पुगेर कसैको टाउको चिलाएको भन्दै कडा शब्द प्रहार गर्ने, दुवै खेमाले चाहेर वा नचाहेर जनताहरुवीच एक आपसमा मुडभेड गराउने अवस्था सृजना हुने थालेको थियो । सर्वोच्च अदालतले दुबै खेमाको पक्षमा निर्णय मात्रै गरेन जनताहरुवीच अनावश्यक हुने झडपको बिषयमा पनि पूर्ण बिराम लगाएको देखिन्छ ।
अव नेताहरुले आफ्नो पार्टी भित्रै, सांसदहरुले संसद भवनभित्रै पक्ष वा विपक्षको भूमिका निर्वाह गर्दै आम जनताको पक्षमा काम गर्ने राम्रो वातावरण तयार गरेर आगामी दिनमा हुने निर्वाचनका लागि तयारी हुनुपर्ने अहिलेको आवश्यकता हो ।








