मध्यपहाडी सञ्चालन दैलेखका लागि अर्को विकासको ढोका

दैलेख समृद्धिका बिभिन्न आधारहरु मध्ये सबैभन्दा महत्वपूर्ण आधारको रुपमा रहेको पेट्रोलियम अन्वेषणको अन्तिम नजितानै हो । यसको अन्तिम नतिजाको सकारात्मक संकेत प्राप्त भए, नेपालकै समृद्धिको ढोका खुल्ने सम्भावना छ । अर्कोतर्फ मध्यपहाडी राजमार्ग पुर्ण रुपमा सञ्चालन भएमा दैलेखको पर्यटन विकास सँगै अन्य बिभिन्न बिषयहरुमा दैलेख समृद्धिको ढोका खुल्ने देखिन्छ । अर्को महत्पूर्ण आयोजना मानिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण सम्पन्न हुन सके दैलेखको आर्थिक अवस्था सुधारका मुख्य माथिका ढोकाहरु खुल्न सक्ने देखिन्छ ।
महत्वपूर्ण बिषयहरु मध्ये अहिले पेट्रोलियम अन्वेषणको अन्तिम सर्वेक्षण सुरु हुने तयारीमा रहेको छ भने मध्यपहाडी सडक खण्ड पनि कालोपत्रे हुने अन्तिम तयारीमा रहेको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना भने अँझै टुँगोमा पुग्न सकेको छैन् । जलविद्युत आयोजनाबारेमा देखिएका कतिपय भ्रम र कतिपय यथार्थताका बारेमा जनताले अँझै जानकारी पाउन सकेका छैनन् । निर्माणको जिम्मा लिएको जिएमआरले खोला ओगटेर मात्र राख्ने र नेपालको आर्थिक अवस्था सुधारमा समस्या पार्ने मनसाय राखेको भन्दै एकथरिले आशंका गरिरहेका छन् । विकासको चाहना गर्ने समूहले तत्काल ठेक्का रद्द गरेर नयाँ तरिकाले अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् ।
दैलेखका महत्वपूर्ण मानिएको अर्को बिषय हो कर्णाली जोड्ने सडकहरुको तत्काल स्तरोन्नती । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नती गर्नुपर्ने देखिएको छ । अर्कोतर्फ जिल्लाको मध्य भागबाट गएको दुल्लू भैरवी हुँदै कालिकोट जोड्ने सडक र दैलेख सदरमुकाम महावु हुँदै कालिकोट जुम्ला जोड्ने सडक यि तीनवटा सडकहरु १२ है महिना सञ्चालनमा आएको खण्डमा र मध्यपहाडी राजमार्ग पूर्ण रुपमा कालोपत्रे भएर सञ्चालनमा आए दैलेखका सवै क्षेत्रको समृद्धिमा महत्वपूर्ण टेव पुग्ने देखिन्छ ।
यसतर्फ साझा अभियानका साथ दैलेखका निर्वाचित जनप्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार