राष्ट्रिय जनगणना कार्यालय स्थापना दैलेखमा खुल्यो ४ सय २० जनालाई रोजगारी


चैत्र ३, दैलेख
दैलेखमा जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले कार्यालय स्थापना गर्दै आम नागरिकहरुलाई जनगणनामा भाग लिन आह्वान गरेका छन् । दश वर्ष पछि सुरु भएको जनगणनाले बिभिन्न बिषयहरुमा योजना निर्माण गर्न, राज्यले पोलिसि बनाउन सहयोग पुग्ने भएकोले सबैलाई भाग लिन आग्रह गरिएको छ ।
अहिले बेरोजार युवाहरुका लागि जनगणनामा कर्मचारीको भूमिकामा सहयोग गर्नका लागि अनलाइनमार्फत फारम भर्ने कार्य सुरु भैरहेको जिल्ला जनगणना अधिकारी मोतिराम रोकायले जानकारी दिएका छन् ।
अहिले अनलाइन मार्फत फर्म भरेका युवा युवतीहरु मध्ये गणकका लागि आइए पास गरेका ३ सय ३० जना र सुपरिवेक्षकका लागि बि.ए. पास गरेका ९० जनालाई दुई महिनाको लागि रोजगारी खुलेकोले अनलाइन मार्फत फर्म भर्न पनि रोकाएले अनुरोध गरेका छन् । अनलाइन मार्फत फर्म भर्नका लागि ध्ध्ध्।अदक।नयख।लउ मार्फत फर्म भर्न सकिने छ । स्थानीय पालिकामा रहेका गणकहरुलाई पहिलो प्रथामिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार