कर्णालीका उच्च पहाडी भू–भागमा संरक्षण गरिएका बन्यजन्तुहरुको चोरी पैठारी निकै धेरै हुने गरेको छ । गोप्य रुपमा गरिएका यस्ता बिभिन्न अराजक गतिविधिहरुको रोकथाम र नियन्त्रण गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।
बिभिन्न बाहनामा दैलेख लगायत कर्णालीका बिभिन्न जिल्लाहरुबाट बन्यजन्तुका छाला, हड्डी लगायतका अंगहरु चोरी निकाशी धेरै हुन थालेको छ । चोरी निकाशी गरिएका बिभिन्न अंगहरुको बिक्रि बितरण गोप्य रुपमा हुने गरेको भएपनि कतिपय चोरी नकाशीका घटनाहरुमा माथिसम्मको मिलेमत्तो हुने गरेको छ ।
मिलेमत्तो भएको खण्डमा चोरी निकाशी सहज हुने र कुरो नमिलेमा यस्ता कुराहरु बाहिर आउने गरिएको पाइन्छ । दैलेखको नौमूले गाउँपालिकाबाट दैलेख सदरमुकाम दैलेख बजार तर्फ ओसार–पसार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको रेडपाण्डा छालाको बिषयलाई अध्ययन गर्ने हो भनेपनि दैलेख र जाजरकोटको सिमानामा रेडपाण्डा पाइन्छ भन्ने बिषयलाई सम्वन्धित निकायहरुले ख्याल गरे अव संरक्षण तर्फ अग्रसर हुनुपर्ने देखिन्छ ।
संरक्षण सँगै आगामी दिनहरुमा हुने यस्ता चोरी निकाशीहरुलाई कडाइका साथ रोक्नुपने अहिलेको आवश्यकता हो । यसको गहिरो अनुसन्धान गरी यस्ता चोरी निकाशीमा सक्रिए समूहरुलाई कानुनी कारवाहीको प्रक्रियामा लैजानुपर्ने देखिन्छ ।








