बैशाख ११, दैलेख
युवा समाजसेवी जितेन्द्र कुमार थापा क्वारेन्टाइन निर्माण कार्यमा लागेका छन् । बिगतको कोरोना महामारिको बेला दैलेखको दुल्लू नगरपालिका २ मा रहेको भानेस्वर माबी जिल्लाकै पहिलो क्वारेन्टाइन कक्ष बन्न पुग्यो । कोरोना को माहोल र त्रास संगै थापाले त्यसको सफल जिम्मेवारी लिएं । जसको कारण कोहि स्थानीयलाई कोरोनाबाट मृत्यु भएन । पछि कोरोनाको माहोल साम्य भयो ।
पछिल्लो समय २ दिन अघि दुल्लु २ कै एक युवक भारतबाट बिरामी भएर भाइको साथ घर फर्किए । साँझ फर्किए बिहानै साधारण बिरामी भएको भन्दै दुल्लू अस्पतालमा भर्ना भए र उपचारका क्रममै उनको मृत्यु भयो । उनलाइ पारिवारिक श्रोत र भारतमा रहेका स्थानीय हरुका अनुसार कोरोना पोजेटिभ भएको कारण घर फर्किएको थाह भयो । उनलाइ नजिकबाट बिना सुरक्षा उपचार मा संलग्न डाक्टरहरु लगायत भेटघाट गरेका आफन्त हरु र बिशेश गरेर भारतबाटसँगै आएका भाइ लाई पनि संक्रमित हुन सक्ने संका गरिएको छ ।
उनको मृत्युसँगै दुल्लू अस्पताल सिल गरिएको छ भने उनको टोल र परिवार लाई पनि सजकता गराइएको छ ।
समाजसेवी थापाको पहलमा मृतकको नेपाली सेनाको टोलिद्वारा दाहसंस्कार गरिएको छ । समाजसेवी जितेन्द्र कुमार थापाले अब कोरोना को दोस्रो लहर सुरु भएको र त्यसको पहिलो मार दुल्लू २ नै भएको भन्दै बिध्यालय बन्द गरिएको र आवस्यक परे पुन क्वारेन्टाइन बनाउन र जनताको जीवन बचाउन आफू तयार रहेको बताए ।
बिगतले धेरै पाठ सिकाएको भन्दै अब पनि सबैको साथ र सहयोग को अपेक्षा गरेको जानकारी गराए ।
समाजसेवी जितेन्द्र कुमार थापा बिगत २ वर्ष देखि भानेस्वर माबी दुल्लु २ नाउलेकटुवाल को बिध्यालय व्यवस्थापन समिति अध्यक्ष हुन ।









