कोरोना कहर आत्मबल उच्च बनाऊँ, सुरक्षामा ध्यान दिऊँ

बिश्वलाई समस्यामा पारेको कोरोना संक्रमणले अहिले नेपालमा पनि पुनः समस्या उत्पन्न गरेको छ । छिमेकी मुलुक भारतमा संक्रमण तीब्र बनेसँगै नेपालमा प्रत्यक्ष रुपमा यसको जोखिम बढेको करिव तीन महिना बढी पुग्न लागिसकेको छ । दोस्रो चरणको संक्रमण अलि कडा भएकोले बिशेष रुपमा ध्यानदिनुपर्ने आवश्यकता देखिएको छ ।
जनताको सुरक्षाका लागि लकडाउन अन्तिम बिकल्प भएका कारण सरकारले लकडाउनको घोषणा गरेको छ । स्थानीय सरकारले जिल्ला जिल्लामा अवस्था हेरेर निषेधाज्ञा बढाउने घटाउने, खुकुलो पार्ने जस्ता कामहरु गर्ने अधिकार प्रदान गरेको छ ।
दैलेखमा दोस्रो चरणको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । पहिलो पटक ६ जनाले संक्रमणका कारण ज्यान गुमाउनुपरेको थियो भने यसपटक २२ जना बढीले ज्यान गुमाइसकेका छन् । कतिपयले अहिलेसम्म चेक जाँच समेत गरेका छैनन् । मानिसहरुले अहिलेपनि यसलाई सामान्य रुपमा लिएका छन् । यस्तो जोखिमका बेलामा सरकारले अबलम्बन गरेको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्नु हरेक सर्बसाधारण नागरिकहरुको पहिलो कर्तब्य हो । धेरै हेलचक्राई नगरौं काम बिशेष बाहेक बाहिर ननिस्कौं, निस्कनै परे, अनिवार्य मास्कको प्रयोग गरौं । सबैभन्दा ठूलो कुरा आत्मबल बढाउनुनै अहिलेको लागि सबैभन्दा ठूलो औषधि हो । सुरक्षित हुनेहो भने यसले आक्रमण गर्नै सक्दैन् ।
सरकारले बिभिन्न देशहरु सँग खोप सहयोग जुटाउँदै ग्रामिण तहसम्म खोप अभियान थालेको छ । उपमेर पुगेका व्यक्तिहरु खोप अभियानमा छुटेको भए अनिवार्य रुपमा समावेश गराऔं । हरेक किसिमका अफ्ठेराहरुमा सचेत नागरिकहरुले समाजप्रति खेल्नुपर्ने महत्वपूर्ण भूमिका सबैबाट निर्बाह गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार