जोखिम स्थानको पहिचान र सुरक्षाको बन्दोबस्त जरुरी

मनसुन छिटो भएका कारण अहिले नेपालभर लगातार वर्षात भइरहेको छ । लगातारको वर्षातका कारण जनजीवन निकै प्रभावित देखिएको छ ।
देशका अधिकाँस भू–भागहरुमा लगातार वर्षात भएका कारण धेरै स्थानहरु जोखिममा परेका छन् । पहाडी जिल्लाहरुमा भिरालो बस्ति भएका स्थानहरुमा पहिरोको उच्च जोखिम बढेको छ भने, खोला नजिक बजार क्षेत्र भएका स्थानहरुमा बाढी र डुवानको समस्याहरु देखिएका छन् ।
यस्तो अवस्थामा जोखिम मानिएका स्थानहरुमा रहेका मानिसहरुलाई समयमै सुरक्षित स्थानमा पठाउनु पहिलो दायित्व हुनु पर्दछ । बाढी र पहिरोको धेरै जोखिम मानिएका स्थानहरुमा स्थानीय सरकार, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले जोखिम न्यूनिकरणका लागि पूर्वाअनुमान गरेर आइपर्ने जोखिमका बिषयहरु र यसबाट पर्न सक्ने समस्याहरुको पूर्व आंकलन गरेर सोही अनुसार सुरक्षा सर्तकता अपनाउनुपर्ने अहिलेको आवश्यकता हो । दैलेख जिल्लाका बिभिन्न खोला नजिक बस्ति भएका स्थानहरुमा सुरक्षा सर्तकता बढाउनुपर्ने देखिएको छ भने भर्खरै निर्माण सुरु गरिएको मध्यपहाडी सडक खण्ड लगायत अन्य बिभिन्न खण्डहरुमा पहिरोको जोखिम बढ्न सक्ने भएकोले त्यस्ता बस्तिहरुको पहिचान गरेर सुरक्षित स्थानमा राख्नुपर्ने बारेमा सम्बन्धित निकायहरुले ख्याल गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार