संस्थागत अनियमिततामा रुमलिएको मेरो समाज

अहिले मेरो समाजका गन्यमान्यहरु कसरी हुन्छ पैसा कमाउने दाउमा रहेका छन् । यहाँ पहिलेको जस्तो धर्म, संस्कार र संस्कृतिअनुसार अपनाउनुपर्ने न्यूनतम सामाजिक मूल्य र मान्यताहरुको पनि ख्याल गरिएको छ्रैन्, ज्यूँदाको जन्ती र मर्दाको मलामी भन्ने पुरानो प्रचलन बिस्तारै आधुनिकतामा रुपमान्तरण हुँदैछ । जो सँग पैसा छ, गाडी छ, बंगला छ त्यही व्यक्ती समाजको गन्यमान्य हुन थालेको छ । गरिव बिपन्न र कमजोर वर्गहरु झन कमजोर बन्दै गएका छन् ।
धनीहरुले गरिवलाई दिएको अचाक्लि व्याजे रकमबाट धनि रातारात धनि भएको गरिव भएको एउटा झुपडी पनि लिलाम हालेर बेसाहारा हुनुपर्ने अवस्था सृजना भएको छ ।
देश, राष्ट्र, समाज, परिवार, मानमर्दनको चिन्ता देखिएको छैन केवल चिन्ता छ त कसरी धनी बन्ने यस्तो प्रवृतीका कारण अहिले वडा तहसम्म संस्थागत भ्रष्टाचार बढेको देखिन्छ । भ्रष्टाचारपनि हुने खाने र पहुँच वालाहरुको बिचमा मात्रै रुमलिएको छ । सिंहदरवारको अधिकार गाउँमा आयो । केन्द्रमा वर्तमान प्रधानमन्त्री लगायत अन्य निकायहरुले कमजोरी गरे भनेर चर्को भाषणहरु हुने गर्दछन् तर वडा, स्थानीय तह र जिल्लाको अनियमितताको तथ्याँकलाई केलाउने हो भने समाज झनै दलदलमा फस्दै गएको छ ।
नेपालमा सुशासनको बारेमा ठोस र नीतिगत कानुको कार्यान्वयन हुन नसक्नु, व्यक्तिको सम्पती कति आर्जन गर्न पाउने र कसरी गरेको हो भनेर कडा कानुनी कारवाही प्रक्रिया र छानवीन नहुनु यस्ता धेरै समस्याहरुका कारण संस्थागत भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार