बिपन्न समुदायलाई खाद्यान्न बितरण


असार ५, दैलेख
कोरोना भाइरस कोभिड–१९ को समस्यामा परेका बिपन्न समुदायलाई खाद्यान्न बितरण गरिएको छ । कोरोना संक्रमणका कारण खाद्यान्न जोहो गर्न समस्यामा परेका १ सय १० परिवारलाई खाद्यान्न बितरण गरिएको हो ।
दैलेख सदरमुकामको गणेशचौकमा बसोवास गर्ने बादी समुदायका ४० घर, नारायण नगरपालिका १ रातामाटेमा बसोवास गरेका दलित समुदायका ३७ घर र दुल्लू नगरपालिकाको तल्लो डुगेश्वरमा बसोवास गरेका ३३ घर परिवार गरी १ सय १० परिवारलाई चामल, नुन र तेल बितरण गरिएको हो । निषेधाज्ञाको अवधिमा कामको जोहो नहुँखा दैनिक खाद्यान्न जोह गर्न नसक्ने समुदायलाई राहत बितरण गरिएको लायन्स क्लव अफ दैलेखका सदस्य एवं आरेन्टो नेपालका दैलेख प्रतिनिधि तीर्थ जि.सी.ले जानकारी दिएका छन् । आरेन्टो मल्टिटेड कम्पनी प्रालिका संस्थापक अध्यक्ष राकेश पन्त र नेपालका डाइरेक्टर अशोक विष्ट लगायतले दैलेखका लागि उत्त सहयोग जुटाएका र जिल्लामा आफूले सहजीकरण गरिदिएको जी.सी.ले बताए । कामको जोहो नभएर समस्या भएको थियो, राहतले केही हदसम्म सहयोग पुग्ने नारायण नगरपालिका दैलेखको नमुना बस्तीकी पब बादीले बताएकी छन् ।
विपद्मा परेका नागरिकहरुको लागि आवश्यक सहयोग जुटाउँदै आएको आरेन्टो नेपाल र लायन्स क्लवअफ दैलेखको सहकार्यमा उक्त राहत बितरण गरिएको हो । राहत बितरणमा नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठ लगायत लायन्स क्लव अफ दैलेखका पूर्व अध्यक्षहरु र बर्तमान सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार