
असार १०, दैलेख
दैलेख सदरमुकाम प्रवेश द्धारको रुपमा रहेको गुराँस गाउँपालिका पर्यटकिय दृष्टिकोणले निकै महत्वपूर्ण पालिका हो । तरकारी उत्पादनको निकै राम्रो संभावना बोकेको गुराँस गाउँपालिकाले आगामी बर्षका लागि ५५ करोड १७ लाख ५४ हजार बिनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष दिपा वि.सीले बजेट प्रस्तुत गर्दै बजेटको प्राथमिकतामा पूर्वधार विकासलाई यो बर्ष पनि निरन्तरता दिएको बताएकी छन् । पालिकाले विद्युतिकरणमा यो बर्षको दशैसम्म ९५ प्रतिशत काम सक्ने र बत्ति बाल्ने तयारी गरेको छ । पालिकाले १५ र ५ शैयाको अस्पताल संचालन गर्ने तयारी गरेको छ ।
गुराँस चक्रपथ भित्र र गुँरास गौरव मार्गमा आगामी बर्षमा गाडी संचालन गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलिले जानकारी दिएका छन् । ९ वटा लिफ्टििङ खानेपानी सम्मन्न गर्ने, गाउँपालिका भित्रका ४८ विद्यालय भित्र सुरक्षित घेरवार गर्ने, पालिका कार्यालय र वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुचारु गर्ने, शिक्षा तर्फ ः टोल शिक्षा कार्यक्रम संचालन गर्ने, गुराँस रोजगार कार्यदल, एम्वुलेन्स सेवामा ५० प्रतिशत छुट, अध्यक्ष स्वरोजगार कार्यक्रमलाई निरन्तरता, महंगी नियन्त्रणका लागि गाउँपालिकाले सुपथ मूल्य पसल संचालन गर्ने, गाउँपालिकाले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई मासिक २ हजारका दरले भत्ता उपलब्ध गराउने लगायतका नीति पारित गरेको अध्यक्ष ओलिले जानकारी दिएका छन् ।









