पालिकालाई रेखदेख गर्न भन्दै करोडौंका आयोजना हस्तान्तरण


असार २५,दैलेख
विश्वखाद्य कार्यक्रम र एभरेष्टक्लव, दैलेख द्धारा निर्माण गरिएका करोडौंका आयोजनाहरु रेखदेखको जिम्मा तोकेर स्थानीय पालिकाहरुलाई हस्तान्तरण गरिएको छ । दैलेखको नौमुले, महाबु र भैरवी गाउँपालिकामा कोरोना भाइरस कोभिड –१९ बाट प्रभावित, भएका भारत तथा अन्य मुलुक बाट रोजगारी गुमाएर आफ्नो घर फर्किएका १९ देखि ६० वर्ष उमेर समुहका गरिव बेरोजगार युवाहरुलाई गाउँमै रोजगार दिने अभियान अन्तर्गत बिभिन्न आयोजनाहरु निर्माण गरिएको थियो ।

परियोजनाले कार्यक्षेत्रमा २६ वटा आयोजनाहरु सम्पन्न गरेको छ । नामुले गाउँपालिकामा ७ वटा, महाबु गाउँपालिकामा ९ वटा र भैरवी गाउँपालिकामा १० वटा आयोजनाहरु स्थानीय सरकारलाई मर्मत संहार र रेखदेख गरिदिन आग्रह सहित पालिकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तर्गत भैरवीगाउँपालिकामा दुई करोड पच्चिस लाख सत्तरी हजारमा १० आयोजना निर्माण गरिएको छ । महाबु गाउँपालिकामा एक करोड पचासी लाख पन्चानव्वे हजारमा ९ वटा, नौमुले गाउँपालिकामा एक करोड एक्सठ्ठी लाख ४६ हजारमा ७ वटा आयोजनाहरु निर्माण गरि हस्तान्तरण गरिएको एभरेष्ट क्लबका अध्यक्ष दिपक शाहीले जानकारी दिएका छन् ।

पालिकाका बेरोजगार युवाहरुलाई रोजगार प्रदान गरेर प्रभावकारी योजना निर्माण गरिदिएको भन्दै स्थानीय पालिकाहरुले सहयोगि निकायलाई धन्यबाद दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले कोरोना संक्रमणको चपेटामा परेका युवाहरुलाई गाउँमै रोजगारी भएको र केही मात्रामा आर्थिक उर्पाजनका कामहरु भएकोमा सहयोगि निकाय र संस्थालाई धन्यवाद दिएका छन् ।
ेविश्व खाद्य कार्यक्रम र एभरेष्टक्लवको साझेदारीमा सञ्चालन भएको यो कार्यले सयौंलाई गाउँमै रोजगारी सृजना भएको छ । निर्माण गरिएका योजनाहरुको दिगोपनाका लागि पालिकाको पहिलो दायित्व हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार