नेपालमा पनि कोरोनाको तेस्रो लहर आउने चेतावनी स्वास्थ्य बिज्ञहरुले दिएका छन् । स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको सुरक्षा सर्तकताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुदे सुझाव समेत बुझाईसकेको अवस्था छ ।
लामो समयको असारे चटारो सकेर किसानहरु फुर्सदिला भएका छन् । अर्को तर्फ सदरमुकाम केन्द्रित स्थानहरुमा मानिसहरुको अत्याधिक चहलपहल बढीरहेको छ । यस्तो अवस्थामा स्वास्थ्य सुरुक्षा सर्तकता अपनाउनुपर्ने भन्दै विज्ञहरुले सुझाव दिइरहेको भएपनि स्थानीयहरुले नै हेलचक्राई गरिरहेको देखिन्छ ।
स्थानीय सुरक्षा निकायहरुले जनचेतनाका कार्यक्रमहरुलाई निरन्तर दिइरहेको भएपनि जनताहरुनै स्वास्थ्य मापदण्ड पालना नगर्दा आइपर्ने समस्याहरु जटिल हुन सक्ने बताइरहेका छन् । जिल्ला जिल्लामा कोरोना भाइरस बिरुद्धको खोप अभियान चलिरहेको भएपनि कर्णाली प्रदेशमा पछिल्लो पटक आउनुपर्ने खोप आउन सकेको छैन् । खोपको व्यवस्थापन सँगै तेस्रो लहरको कोरोनाको जोखिमबाट जोगाउन र बिशेष गरेर बालबालिकाहरुको स्वास्थ्य सुरक्षाका लागि सवै तहका स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पहिलेदेखिनै सुरक्षा सर्तकता अपनाउनुपर्ने देखिन्छ भने जनताको सुरक्षाका लागि पूर्व तयारी गर्नुपर्ने पहिलो दायित्व हो ।
सरकार र आम नागरिकहरुले सुरक्षा सर्तकर्तालाई मध्यनजर गर्दै, सामाजिक दुरी कायम गर्ने, माक्स अनिवार्य लगाउने, हात धुने लगायतका बिषयहरुमा सचेत हुनुपर्ने देखिएको छ ।








