विकास निर्माणको सुरुवाती चरणमै ध्यान दिए दिगोपना कायम हुन्छ

विकास निर्माणका नाममा बेथिती खोज्ने हो भने बेथितीको ठूला हिस्सा फेला पर्न सक्छ । सबैभन्दा बढी चाहिएको बिकास पछिल्ला दिनहरुमा सडक नै मुख्य रहेको छ । केन्द्र सरकारले आवश्यकता ठानेका ठूला विकासे योजनाहरुमा पनि सडक प्रमुख प्राथमिकतामा रहने गरेको छ भने स्थानीय सरकारले पनि सडकलाई नै प्रमुख आवश्यकताका रुपमा महसुस गर्दै विकास गतिविधिहरु सञ्चालन भएका छन् । सानादेखि ठूला सबैखाले विकास गतिविधिहरुमा हुने बिभिन्न खालका समस्याहरु अहिलेपनि बिद्यमान छ । पहुँच भएकाहरुले नेताको बलमा उपभोक्ता समिति गठन गर्ने, विकास केही मात्रामा देखाउने र धेरै मात्रामा अनियमितता हुने गरेका उदाहरणहरु अहिले गाउँबस्तिमा धेरै देख्न सकिन्छ ।
बिशेष गरेर प्राविधिक रुपमा देखिने र मुल्याँकन हुने विकास गतिविधिहरुका बारेमा आम नागरिकहरु अनबिज्ञनै रहेको पाईन्छ विकास आयो भनेर ढुक्क बसेका स्थानीय बासिन्दाहरु प्रभावकारीताको बिषयमा जानकार नहुनु र सम्वन्धित निकायहरुले समेत जानकारी नगराउने परिपाटीका कारण विकास गतिविधिहरु कम गुणस्तरको हुने र कमजोर हुने गर्दछन् ।
जिल्लाको गौरवको आयोजना मानिएको मध्यपहाडी राजमार्ग निर्माणको क्रममा निर्माण गरिएका जाली लगातारको बर्षातका कारण भत्किएका छन् । भत्किएका स्थानको भौगोलिक वनावट अनुसार काम सुरु गर्ने बेलामै ख्याल नगरिएका कारण समस्या आएको हो । यस्ता बिषयहरुमा सम्बन्धित सबै निकायहरुले बेला बेलामा गर्नुपर्ने अनुगमन लगायतमा समस्या भएको देखिन्छ । साना हुन वा ठूला सबैखाले विकास गतिविधिहरुमा सुरुवातदेखिनै गुणस्तरियता कायम गर्ने बारेमा सबै निकायहरुले चासो र चिन्ता गर्न सके विकासमा प्रभावकारीता बढ्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार