
साउन १२,दैलेख
दैलेखको महावु गाउँपालिका वडा नं. ५ को सित लहरे खानेपानी योजना निर्माणमा लाखौँ रकम अनियमितता भएको समाचार धमाका दैनिकले प्रकाशन गरे लगत्तै जिल्ला प्रशासन कार्यालय दैलेख छानवीन सुरु गरेको छ ।
सम्बन्धित कार्यालय र सम्बन्धित उपभोक्ता समितिलाई तत्काल बिवरण उपलब्ध गराउन भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले १२ गतेनै पत्र पठाएको जानकारी दिएको छ ।
विकास निर्माणमा देखिएका अनियमितताका बिषयहरु स्थानीय सञ्चार माध्यमहरुमा प्रकाशन भएलगत्तै आफुहरुले सम्बन्धित सबै निकायलाई पत्र पठाएर छानवीन सुरु गर्ने कार्य थालनी गरेको प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिएका छन् ।
सित लहरे खानेपानी आयोजनाको बारेमा पनि हामिले छानवीन सुरु गरिसकेका छौं विकास निर्माणमा जुन स्थानमा बदमासी भएको थाहा हुन्छ वा सूचना प्राप्त हुन्छ हामी त्यसको छानवीन तत्कालै गर्छौ देषी भेटिए कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिएका छन् । समाचार आउने बित्तिकै सचिवले बोली फेरे ः धमाका दैनिकका समाचार प्रकाशन भए लगत्तै उपभोक्ता समितिका सचिवले आफुले रकम नलिएको, नबुझेको र सबै रकम
वडा नं. ५ का वडा कार्यालय सहयोगिले बुझेको बताएका छन् ।
फोनमार्फत जानकारी दिदै उपभोक्ता समितिका सचिव एकेन्द्र शाहीले आफुले चेक बुझेको स्वीकार गर्दै चेक नसाटेपछि वडा कार्यालय सहयोगिले उक्त चेक बुझेको बताएका छन् । उनले कसलाई रकम दिए थाहा छैन् आफ्नो बचाउ गर्दै सचिवले पत्रकारलाई समेत ढाँटेका छन् । चेक बुझेका कार्यालय सहयोगि भने फोन सम्र्पकमा आउन चाहेका छैनन् ।









