
साउन १७, दैलेख
कोरोना भाइरस कोभिड १९ को रोकथाममा सहयोगि भूमिका निर्वाह गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले नारायण नगरपालिकाका ११ वटै वडाका स्वास्थ्य इकाई प्रमुखलाई स्वास्थ्य सामग्री बितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य खेमराज के.सी.ले नारायण स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रबहादुर मल्ल मार्फत ११ वटै वडामा पुर्याइदिन सामग्री हस्तान्तरण गरेका हुन् ।
सर्जिकल मास्क, गोगल्स, फेस स्लाईड, ग्राउन, सर्जिकल क्याप, पिपिई, अक्सि मिटर, थर्मल गन लगायतका स्वास्थ्य सामग्रीहरु बितरण गरिएको छ । कोभिडको तेस्रो लहर बढ्ने संभावना देखिएका बेलामा स्वास्थ्य सामग्री बितरण गरिएको हो । कार्यक्रममा रेडक्रसका कर्णाली प्रदेश अध्यष भेषराज थापा लगायतको उपस्थिती रहेको थियो ।









